१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

एकमहिनाभित्र बामपन्थी सरकार: खनाल

आश गुरुङ

लमजुङ — एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकमहिनाभित्र नयाँ सरकरा गठन हुने दाबी गरेका छन् । उनले फागुन पहिलो साता र बढीमा दोस्रो सातासम्म बाम गठबन्धनको सरकार बन्ने बताए ।

एकमहिनाभित्र बामपन्थी सरकार: खनाल

सरकार गठनमा ढिलाई भएको तर, त्यो प्राविधिक विषयमा बोल्नु आवश्यक नरहेको उनले बताए ।


लमजुङको बेंसीसहरमा सोमबार घले जातिद्धारा आयोजित लि:ल (घले) ल्होसर (ल्होसार) को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रबीच एकतापछिमात्रै सरकार बन्ने संकेत गरे । ‘हामी पार्टी एकता गर्छौं, नयाँ सरकार गठन हुन्छ,’ उनले भने । वाम शक्तिको एकीकरणको सम्बन्धमा शंका नगर्न आग्रह गर्दै उनले संयुक्त पार्टीकै सरकारले मुलुकलाई अघि बढाउने बताए ।


खनालले अब बन्ने सरकारले असमान सन्धी सम्झौता खारेज गरेर अघि बढ्नुपर्ने बताए । देशको सिमानालाई एकीन गरी राष्ट्रियतालाई थप मझबुत बनाउनुपर्नेमा जोड दिए । आगामी सरकारले लोकतान्त्रिक गणतन्त्रको संस्थागत, असमान सन्धीसम्झौता खारेज, आर्थिक सम्मृद्धि, सन्तुलित अन्ताराष्ट्रिय सम्बन्धलगायतका ५ वटा कार्यभार पूरा गर्नुपर्ने बताए ।


लि:ल फङ (घले समाज) केन्द्रीय समितिको आयोजना र जिल्ला समितिको ब्यवस्थापनमा आयोजित कार्यक्रममा प्रदेश सभा (ख) सदस्य धनन्जय दवाडी, निवर्तमान सांसद जमीन्द्रमान घले, घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घले, महासचिव डा. जीतबहादुर घले, अन्तराष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष नरबहादुर घले, जिल्ला अध्यक्ष विरसिंह घले, कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, माओवादी केन्द्रका हरिजंग तामाङ लगायतले सांस्कृतिक पर्वले हरेक जातजातिलाई एकसुत्रमा बाँध्न मद्दत पुगेको बताएका थिए ।

प्रकाशित : माघ १, २०७४ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?