कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिपोर्टरको डायरी : वालुवा तस्कारबाट ज्यान जोगाउँदा....

सुदीप कैनी

गोरखा — विभिन्न ठाँउमा अवैद्य रुपमा ढुङ्गा, गिट्टी, बालुवाको मनोमानी निकासी भएको भन्दै केही दिनयता स्थानियले फोन गरिरहेका थिए ।

रिपोर्टरको डायरी : वालुवा तस्कारबाट ज्यान जोगाउँदा....

मोटरसाईकलमै हुँदा मस्र्याङदी किनारका एक स्थानीयको फोन आयो । उनले भने ‘बालुवा निकाल्ने काम प्रहरीकै मिलेमतोमा भइरहेको छ, तपाई आईदिन मिल्छ ?’ प्रहरीलाई खबर गर्दा पनि नरोकेको भन्दै उनले गुनासो पोखे ।


कान्तिपुर मुख्यालयस्थित जिल्ला व्युरोले पनि मलाई अवैद्य रुपमा गिट्टी बालुवा निकासीबारे ‘वाच’ गर्न अह्राएको थियो । आइतबार म यही बिषयमा रिपोर्टिङ गर्न मस्र्याङदी दोभानतिर गएँ । गोरखा र तनहुँको सिमाना मस्र्याङदी बगरमा अवैध उत्खनन भएको समाचार यसअघि पनि आएकै हो । गोरखातर्फ (मनकामना मन्दिर जाने झोलुङ्गे पुल भन्दा तल) बगरमा पुग्न घुमाउरोबाटो थियो । नदी पारी धेरै पर जानुपर्ने थियो । त्यसैले तनहुँकै क्षेत्रबाट रिर्पोटिङ गर्ने निर्णय लिएँ । अवैध खानीमा रिर्पोटिङ गर्न जानु अघि गुन्डा र तस्करहरुको जोखिम हुने जानकारी नभएको हैन ।


करिब १२ बजेतिर गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र डिएसपी भेषराज रिजालसँग फोन सम्र्पक गरे । हाल खबर मात्र बुझें । गोरखाको मझुवा प्रहरी चौकी देउराली र तनहुँको आवँुखैरनी प्रहरी चौकीको समेत अवैध बालुवा निकासीमा संरक्षण रहेको जनगुनासो आएकाले फोनमा विस्तृत बताइनँ । केही परिहालेमा सम्पर्क गर्न सजिलो होस भनेर मात्र उहाँहरुको लोकेशन बुझेको थिएँ ।


आँबुखैरनी बजार उत्रेर सरासर बगरतर्फ अघि बढें । बीच बाटोमा एक युवक भेटिए । ‘बालुवा कुन क्षेत्रबाट निकालिन्छ ?’ भनेर उनीसँग सोधपुछ गरे । उनले बगर देखाई दिए । युवकले बगर देखाउँदा अलिपर ४ जना युवक थिए । म सरासर आफनै सुरमा बगरमा पुगें । नदी छेउमा थुपारेको बालुवाको फोटो खिचें । नदी छेउमा करिब ८/९ बर्षे बालक पौडि खेलिरहेका थिए । उनीहरुले स्काभेटरले राति बालुवा निकाल्ने गरेको सुनाए । फोटो किन खिचेको भनेर साधे । मैले फेसबुकमा राख्न भनेर जिस्किएँ । उनले जबाफ फर्काए, ‘फेसबुकमा राखेर लाइक मात्रै आउने हो, केही हुन्न । सक्नु हुन्छ भने पत्रिकामा छपाउनु न ।’

बगरमाथि बारीमा २ स्काभेटर, २ टिपर र टयाक्टर रोकेर राखिएको थियो । फोटो खिचेपछि स्थानीयसँग पनि सोधपुछ गर्ने मेरो सोचाइ थियो । सुरुमा देखिएका ४ युवा मतिर आए । ‘किन फोटो खिचेको ? कसलाई सोधेर खिचेको ?’ भनेर प्रश्न गर्न थालें । मैले ‘म पत्रकार हुँ, कान्तिपुरमा काम गर्छु’ भनेँ । विश्वास गरेनन् । पर्समा भएको भिजिटिङ कार्ड झिकेर देखाएँ । उनीहरुले खिचेको फोटो ‘डिलिट’ गर्न धम्की दिए । मैले परिचयपत्र नै झिकेर देखाएँ । अझै मानेनन । मुख छाडेर गाली गर्न थाले ।

बगर छेउ, एकान्त ठाँउ र म एक्लो भएकाले मन केही डरायो । मेलै फोटो ‘डिलिट’ गरिदिने मनस्थिति बनाइसकेको थिएँ । उनीहरुले जबरजस्ती क्यामेरा खोसे । मैले मोबाइल झिकेर पोखरा ब्युरोमा फोन गरेँ । बलिया उनीहरुले मेरो फोन नै खासे । मैले ‘म बालुवा तस्करबाट खतरामा परे, प्रहरीलाई खबर गर्दिनू’ भन्न भ्याए ।


मेरो क्यामेरा, दुई मोबाईल उनीहरुले कब्जामा लिए । उनीहरुले थप मान्छे बोलाए थप मान्छे आएपछि स्थिति फेरि तनावपूर्ण हुन थाल्यो । ‘खाते पत्रकार’ भन्दै गाली गर्न थाले । मैले ज्यान जोगाउन ‘सरी’ भनिरहे । खोसाखोस गर्दा मेरो क्यामेरा र मोबाईलमा क्षति पुगि सकेको थियो । यस अघि जेल सजाय भोगि सकेका ‘गुरु बा’ रञ्जित श्रेष्ठ र अर्का केसी थरका युवा साह्रै आक्रोशित र आक्रमक देखिन्थे । मेरो गरिखाने भाडो ‘क्यामेरा’ आखै अगाडी फुटाई छाडे । घाटी समातेर लछार पछार पारे । लातिले पिठ्युमा हानें । थप आउने मध्ये स्थानीय दुई व्यापारी पनि थिए । उनीहरु मेरो चिनजानका रहेछन् ।


तिमीहरु कुरा बुझदैंनौं भन्दै ती युवाहरुलाई गाली गरेर मलाई कब्जाबाट मुक्त गरे । फुटेको क्यामेरा फिर्ता दिए । मोबाईल फिर्ता दिए । म आबुँखैरनी बजार आए । मलाई छुटकारा दिने मध्येका फोटो स्टुडियो संचालक श्याम केसीले क्यामेराको फोटाहरु डिलिट गरे । मलाई अन्यत्र हल्ला नगर्न धम्कीपूर्ण चेतावनी दिए । मैले ‘हस’ हुन्छ मात्र भने । त्यति बेला ज्यान जोगाउनु मात्र पनि ठूलो कुरा थियो ।


उनलाई आग्रह गरेर मलाई गोरखाको मझुवा प्रहरी चौकीसम्म छाडदिन आग्रह गरे । त्यहाँ बस्न निकै असुरक्षित थियो । चौकी आएर पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर थापा, जिल्ला ब्युरो, पोखरा ब्युरो लगायत गोरखाका सबै पत्रकार, सुरक्षा प्रमुखहरुलाई घटनाको जानकारी गराए । गोरखाका सबै पत्रकार आँबुखैरनी हानिए । त्यतिबेला मलाई आक्रमणकारी को हुन् ? भन्ने केही थाहा थिएन ।


पत्रकारहरु भेटिएपछि फेरि त्यहाँ अवैध खानीमा सामुहिक रिर्पोटिर्ङमा जाने निर्णय भयो । गयौ । स्थानीयले अवैध निकासी रोक्न प्रहरीलाई खबर गर्दा पनि वालुवा तस्करले अटेर गरेका रहेछन् । त्यहाँ प्रहरी मुकदर्शक बनेको रहेछ । उनीहरुले मनोमानी रुपमा दर्ता बिनै मस्र्याङदीको बालुवा निकालेर बेचबिखन गर्ने गरेका रहेछन् । त्यहाँ भेटिएका एक जना वृद्धाले भनिन, ‘बावु यहाँ बोल्न पाईदैन, लुटेर खाएका छन् ।’ बगरको बालुवा मनोमानी निकाल्दा बस्ती नै जोखिममा पर्ने भनेर स्थानिय त्रसित थिए ।


त्यहाँबाट हामी आँबुखैरनी प्रहरी चौकी पुग्यौ । चौकीमा तस्करीमा संलग्न व्यक्तसँग उठबस भएका प्रहरी निरिक्षकसँग बसेर गफ गर्दै थिए । मलाई क्यामेरा बनाई दिने, पैसा दिने, नयाँ मोबाइल किनिदिने भनेर प्रलोभन देखाए । मैले कानुनी प्रक्रियामा जाने बताए । प्रहरीलाई ठाडो निवेदन दिएर, घाउ जाँचको लागि गोरखा अस्पताल आए ।


मेरो घाटीमा चोट लागेको छ । प्रहरी निरिक्षक लोकबहादुर गुरुङले आक्रमणकारी प्रक्राउ परेको जानकारी दिए । स्थानीय गुण्डा श्रेष्ठ, रघुजति केसी, शिवजि केसी, रामकृष्ण केसी, सुवास केसी प्रक्राउ परेका रहेछन् । आक्रमणकारी त पक्राउ परे । तर अवैद्य बालुवा, गिट्टी तस्कारी गर्ने कार्यलाई स्थानीय प्रशासनले रोक्छ/रोक्दैन हेर्न बाँकीनै छ ।


पत्रकारिता गर्दा जोखिम हुन सक्छ, त्यो जोखिम मोलेर भए पनि सत्य मर्न दिनुहुँदैन भन्ने मान्यता बोकेर हिडेको छु ।


प्रकाशित : माघ १, २०७४ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?