१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेस केन्द्रीय समिति बैठक माघ ४ गते

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक माघ ४ गते

बैठक बिहीबार बिहान ११:०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ ।


बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यका साथै निर्वाचनमा पार्टीको पराजयलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।


निर्वाचनपछि पार्टीमा विशेष गरी संगठन सुदृढीकरणका लागि विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ ।


प्रकाशित : माघ २, २०७४ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?