कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ 

धनकुटा — प्रादेशिक राजधानीको माग राख्दै विगत पॉच सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले मंगलबार पुर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका छन् । 

राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ 

सरकारले आफ्नो माग सुनुवाई नगरेको भन्दै स्थानीयवासीले आन्दोलन शसक्त बनाउने चेतावनी दिएका छन् । कार्यालय घेराउस्थलमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक संघसंस्थालगायत स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।


भौगोलिक रुपमा उपयुक्त रहेको जिल्लामा पर्याप्त भौतिक पूर्वाधार तथा राणाकालदेखि हालसम्म प्रशासनिक केन्द्र रहेकोले राजधानी घोषणा गरिनु पर्ने माग अघि सारिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । घेराउसँगै आयोजना गरिएको कोणसभामा प्रदेश सांसद इन्द्रमणि पराजुलीले प्रधानमन्त्रीदेखि दलका नेताले आश्वासन दिने गरेपनि जिल्लालाई राजधानी बनाउन ढिलाई गरिएको भन्दै आक्रोश पोखे ।


प्रशासनले क्षेत्रीय प्रशासन कार्यालय हातामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी उल्लेख्य रुपमा परिचालन गरेको छ । यसअघि पनि पटक पटक कार्यालय घेराउ तथा धर्ना दिएका थिए ।


क्षेत्रीय प्रशासक धनकुटामा छैनन्

जिल्लामा लगातार राजधानी माग्दै आन्दोलन चर्किएपछि क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह भने तीन सातादेखि कार्यालय पुगेका छैनन् । उनी क्षेत्रीय प्रशासनको धरानस्थित सम्पर्क कार्यालयमा हाजिर गर्दै आएको स्रोतले जनाएको छ ।


राजधानीका लागि गलत जानकारी गराएको भन्दै सिंहविरुद्ध स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । उनी तीन सातादेखि धनकुटास्थित कार्यालयमा नआएको स्रोतले जनाएको छ ।


प्रकाशित : माघ २, २०७४ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?