कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मन्त्रिपरिषद बैठक स्थगित, ३ बजे पुन: बस्ने

प्रदेश प्रमुख र अस्थायी मुकाम तय गर्न सक्ने सम्भावना

काठमाडौँ — बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे छलफल भएको थियो ।

मन्त्रिपरिषद बैठक स्थगित, ३ बजे पुन: बस्ने

प्रदेश प्रमुखमा प्रस्तावित नामहरुमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा काेइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वरलाल कायश्त, ६ मा दुर्गाकेशर खनाल, ७ मा मोहनराज मल्लको रहेको छ ।


यसको निर्णय आजै दिउँसाे ३ बजेपछि बस्ने मन्त्रिपरिषाद बैठकले निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । उनले भने, अहिले बैठक स्थगित गरिएको छ, ३ बजे बस्ने बैठकले छलफलमा आएको नामलाई नै पास गर्ने सम्भावना छ।'


प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाएपनि प्रदेश प्रमुख र अस्थायी मुकामका बारे थप छलफल गर्नुपर्नेभन्दै उनले बैठक आजलाई सारेका थिए ।


प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मत परिणाम घोषणा गर्न सकेको छैन ।यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ ।


राष्ट्रिय सभा निर्वाचनको मतदातासमेत रहेका प्रदेशसभा सदस्यको नतिजा सार्वजनिक नहुँदा आयोगलाई चुनावी प्रक्रिया अघि बढाउन समस्या परेको छ । सरकारले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन मिति तोकिसकेको छ । प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रिय सभा निर्वाचन त प्रभावित हुनेछ नै, प्रदेश सरकार गठनमा समेत ढिलाइ हुनेछ ।


प्रकाशित : माघ ३, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?