कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भक्तपुरमा व्यवसायीको हत्या, तीन जना पक्राउ

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

सैंजुको शव बुधबार बिहान भक्तपुर नगरपालिका–९ ब्रम्हायणी मन्दिर परिसरमा घोप्टो परेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसार्इंले बताए ।

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको प्रसाईंले बताए । मृतकको टाउकोको गहिरो चोट भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित : माघ ३, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?