कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

माधव नेपालको चुनावी खर्च १४ लाख, ईश्वर र गगनको २४ लाख

काठमाडौँका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए
रासस

काठमाडौँ — काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । 

माधव नेपालको चुनावी खर्च १४ लाख, ईश्वर र गगनको २४ लाख

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए ।


यही माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि रु २५ लाख र प्रदेशसभा सदस्यका लागि रु १५ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ ।


उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।


खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ । खर्च विवरण अधिकांश विजय हुने उम्मेदवारले बुझाएका छन् ।


क्षेत्र नं १ बाट विजयी कांग्रेसका नेता प्रकाशमान सिंह : रु १७ लाख ३० हजार ५००

क्षेत्र नं २ बाट विजयी एमाले नेता माधव नेपाल : रु १४ लाख ९० हजार

क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राई : रु २२ लाख ५६ हजार

क्षेत्र नं ४ बाट विजयी कांग्रेसका युवा नेता गगन थापा : रु २४ लाख १३ हजार १००

क्षेत्र नं ५ बाट विजयी एमाले महासचिव ईश्वर पोखरेल : रु २४ लाख १४ हजार ७८

क्षेत्र नं ९ बाट विजयी एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ : रु १२ लाख ७८ हजार


क्षेत्र नं १ मा उम्मेदवार बनेका विवेकशीलका रवीन्द्र मिश्र : रु १३ लाख ८९ हजार २१४

क्षेत्र नं ५ मा उम्मेदवार बनेका कांग्रेस नेता प्रकाशशरण महत : रु १६ लाख ४१ हजार


प्रकाशित : माघ ३, २०७४ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?