१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आन्दोलनरत नर्ससँगको वार्ता निष्कर्षविहीन

रासस

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले बुधबार आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । 

आन्दोलनरत नर्ससँगको वार्ता निष्कर्षविहीन

मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् । समितिले आन्दोलनरत पक्षसँग बुधबार वार्ता गरे पनि निष्कर्षमा पुग्न सकेन । द्विपक्षीय वार्तालाई भोलि पनि निरन्तरता दिने समितिका संयोजक डा श्रेष्ठले बताए ।

नेपाल नर्सिङ संघका कावा अध्यक्ष गंगा थापाले बुधबार सामान्य छलफल मात्र भएकाले बिहीबार बिहान ११ बजे औपचारिक वार्ता हुने जानकारी दिइन् ।


यसैबीच, नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै आठ दिनदेखि गरेको आन्दोलनमा युवा नर्सहरुले पनि समर्थन जनाएका छन् । विभिन्न अस्पतालमा कार्यरत युवा नर्सहरुले आज माइतीघरबाट बानेश्वरसम्म संयुक्त र्‍याली निकाली संघको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी स्ववियू सभापति विमला धमलाले विदेश पलायन नर्सको रहर नभइ बाध्यता भएको बताए । उनले भने, 'हाम्रो पेशागत सम्मान र सुुरक्षा हुनुपर्छ, नर्सिङ संघले राखेका मागमा हाम्रो पूर्ण समर्थन छ, हामीलाई स्वदेशमै ससम्मान काम गरी आफ्नो र परिवारको सपना पूरा गर्ने वातावरण हुनुपर्छ ।'

जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्नेलगायतका माग संघले अघि सारेको छ ।


प्रकाशित : माघ ३, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?