२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

प्रदेशसभा समानुपातिकतर्फको परिणाम घोषणा, निर्वाचित उम्मेदवारलाई पर्सि प्रमाणपत्र दिइने

काठमाडौँ — निर्वाचन आयोगले गत मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नतिजा बुधबार सार्वजनिक गरेको छ ।

प्रदेशसभा समानुपातिकतर्फको परिणाम घोषणा, निर्वाचित उम्मेदवारलाई पर्सि प्रमाणपत्र दिइने

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानको परिणामअनुसार दलहरूले बन्द सूचीमार्फत् सिफारिस गरेका उम्मेदवारहरूलाई आयोगले बुधबार निर्वाचित भएको घोषणा गरेको हो । सहसचिव एवं प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार नै बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावलीलाई टुङ्गो लगाएको छ ।


नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपश्चात् राजनीतिक दलहरूले छनौट गरी आयोगसमक्ष पठाएका उम्मेदवारहरूलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (७) बमोजिम निर्वाचित भएको घोषणा गरेको हो ।


आयोगले सोही ऐनको दफा ६० को उपदफा (८) बमोजिम निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारहरूको नामावली नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय गरेको छ ।


प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरुलाई आ-आफ्नो राजनीतिक दलहरुसँग समन्वय गरी पर्सि माघ ५ गते शुक्रबार दिनको १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७४ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?