२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दिपायलमा बिहानैबाट प्रदर्शन

मोहन शाही

डोटी — सरकारले अस्थायी प्रदेशको राजधानी धनगढी तोकेको विरोधमा बिहीबार पनि डोटी तनावग्रस्त छ । बिहानबाटै प्रदर्शनकारीहरु सडकमा उत्रेर नाराबाजी गरिरहेका छन् । 

प्रहरी र सशस्त्रको गस्ती डोटीमा व्यापक बढाइएको छ । सिलगढी, दिपायल, राजपुरमा प्रदर्शनकारीको उपस्थिति बढ्दै गएको छ । बाटो बाटोमा सिसा ढुंगा राखेर सडक अवरुद्ध पारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको चर्को आलोचना गरिरहेका छन् । प्रधानमन्त्री देउवाको शव बनाएर नगरपरिक्रमा गर्दै विरोध जनाइरहेका छन् ।

कांग्रेसका जिल्ला जिल्ला सचिव सहित क्षेत्रीय सभापति, नगर सभापति लगायत सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रेका छन् ।

संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले अनिश्चित आम हड्ताल भन्दै आन्दोलनलाई थप चर्काउने चेतनावनी दिएका छन् । यसअघि १३ सम्म लगातार आम हड्तालमा उत्रेका स्थानीयले आन्दोलनको स्वरुप फेर्दै धर्ना र अनसन सुरु गरेका थिए ।

सरकारले अप्रिय निर्णय गरेको भन्दै बुधबारबाट पुन: जिल्ला ठप्प पारिएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए । डोटीको दिपायल, पिपल्ला, राजपुर, सिलगढी , गोपघाट लगायतको बजार पूर्णरुपमा बन्द छ । यातायात, कार्यालय पनि ठप्प पार्दा जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित : माघ ४, २०७४ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?