१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नेपाली भूमि मिचिएकोमा क्रान्तिकारीको आपत्ति 

काठमाडौँ — पर्साको विरगञ्जस्थित छकपैयामा करिब ५० बिघा नेपाली भूमि मिचिएकोमा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आपत्ति प्रकट गरेको छ ।  

नेपाली भूमि मिचिएकोमा क्रान्तिकारीको आपत्ति 

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार विज्ञप्ति निकालेर जंगे पिलर सारी नेपाली भूभाग मिचिएकोमा विरोध जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ- 'पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं. १ को छकपैयामा करिब ५० विघाभन्दा बढी नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।'


नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दशगजा क्षेत्रमा हराएका पिलर निर्माण र जीर्णको मर्मत गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको भूमि एकाएक भारततर्फ पर्ने गरी नयाँ पिलर बनाइको घटनाले अत्यन्तै गम्भीर बनाएको तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले हचुवामा गरिएको सीमा सर्वेक्षण तत्काल रोकी कूटनैतिक माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।


क्रान्तिकारीले भूमि अतिक्रमणको स्थलगत अध्ययनमा उपाध्यक्ष विजय गौतमको नेतृत्वको ८ सदस्यीय टोली छकपैया पठाउने जनाएको छ । टोलीमा उपमहासचिव जीपी मैनाली, सचिवद्वय गजेन्द्र देव र सूर्यनारायण शाह, केन्द्रीय सदस्यहरु शिवम् शाह, इस्ककुमार पासवान, जुवेर आलम, सकिना बस्नेत छन् ।


स्थलगत अध्ययनपश्चात् संघर्ष घोषणा गरिने क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

यो पनि पढ्नुहोस् ।

सीमा स्तम्भ गाडदा नेपाली भूभाग भारतमा


प्रकाशित : माघ ४, २०७४ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?