१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुमार्गीको सम्पत्तिमाथि छानबिन गर्नुपर्छ : प्रवक्ता भूसाल

माओवादी अध्यक्षसँग सुमार्गीको विशेष सम्बन्ध छैन

काठमाडौँ — नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले व्यापारी अजेयराज सुमार्गीको आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कुनै विशेष सम्बन्ध नभएको स्पष्ट पारेकी छन् । 

सुमार्गीको सम्पत्तिमाथि छानबिन गर्नुपर्छ : प्रवक्ता भूसाल

रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा प्रवक्ता भूसालले दाहालको सरंक्षणमा सुमार्गी नरहेको बताएकी हुन् ।

साथै उनले सुमार्गीको धन अवैध हो भने राज्यले छानबिन गर्नुपर्ने पनि बताइन् । ‘अवैध धन हो भने राज्यले छानबिन गरेर निर्क्योल गर्नुपर्छ,' उनले भनिन्, 'अहिले त हाम्रो पार्टी सरकारमा छैन, सम्पत्ति शुद्धिकरण अरु लिगल के–के छ ? त्यो पाटो त राज्य छ नि त, राज्यका संरचनाहरु छन्, उनीहरुले सत्यतथ्य बाहिर ल्याए हुन्छ, अहिले मिडियाले मात्रै ल्याएको छ, अब राज्यले बाहिर ल्याओस् ।’

उनले देशका अन्य नागरिकसँग राजनीतिक पार्टीहरुको अथवा अाफ्नो पार्टीको जे सम्बन्ध हुन्छ, त्यो भन्दा बढी सुमार्गीसँग विशेष सम्बन्ध नभएको स्पस्ट पारिन् । ‘स्वस्थ, मर्यादित ढंगले, देशको कानुन जसले पालना गर्छ, गर्नुहोस्, स्वस्थ सम्बन्ध बनाउनुहोस्, यत्ति कामना गर्छौं’ उनले भनिन् ।



प्रकाशित : माघ ४, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?