डोटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ३ जना घाइते

मोहन शाही

डोटी — प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा डोटीमा तीनजना घाइते भएका छन् । प्रर्दशनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुरअघि प्रर्दशन गर्ने क्रममा ढुंगामुढा गरेपछि प्रहरीले अश्रु ग्यास फ्याँक्नुका साथै हवाई फायर गरेको थियो ।

डोटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ३ जना घाइते

दिपायल सिलगढी नगरपालिका-१ का नारायण खड्का, ४ का भरत बिक र केआइसिंह गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । बिकलाई उपचारका लागि कैलाली रिफर गरिएको छ भने अन्य दुइको सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ ।


दिपायलमा स्थिती तनावपूर्ण छ । जिल्ला वन कार्यालयको बा १ ब ७३३९ नंम्बरको मोटरसाइकल जलाएको छ भने ट्राफिक प्रहरीको पिपल्लास्थित बिटमा आगजनी गरिएको छ । ठाउँ ठाउँमा ढुंगामुढा राख्नुका साथै सीसा फालिएका छन् ।

प्रकाशित : माघ ४, २०७४ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?