आयोगले बुझायो प्रदेश प्रमुखलाई प्रदेशसभाको परिणाम

प्रदेशसभा समानुपातिकबाट ७८ प्रतिशत महिला 
राजेश मिश्र

काठमाडौँ — निर्वाचन आयोगले सातवटै प्रदेशसभाको सम्पूर्ण परिणाम छुट्टा छुट्टै सात प्रमुखलाई शुक्रबार बुझाएको छ । प्रदेश प्रमुखहरुले शितल निवासमा राष्ट्रपतिबाट सपथ लिएलगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा निर्वाचन प्रतिवेदन बुझाएका हुन् । आयोग पदाधिकारीहरु उक्त प्रतिवेदन बुझाउन शितल निवास पुगेका थिए । 

आयोगले बुझायो प्रदेश प्रमुखलाई प्रदेशसभाको परिणाम

त्यसअघि आयोग परिसरमा आयोजित कार्यक्रममा यादवले समानुपातिकबाट विजयी भएकाहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्ति गरेपछि आयोगले सोही दिन प्रदेशसभाको समानुपातिक तर्फको परिणाम सार्वजनिक गरेको थियो ।


आयोगका प्रवक्ता नवराज ढकालका अनुसार समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएका २ सय २० जनामा ४८ जना पुरुष तथा १ सय ७२ जना महिला छन् । समानुपातिकबाट ७८ प्रतिशत महिला चुनिएकी छन् । प्रत्यक्षको कुल ३ सय ३० निर्वाचन क्षेत्रमध्ये १७ क्षेत्रबाट महिला निर्वाचित भएका छन् ।


प्रदेशसभामा दलगत रुपमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक प्रावधानका कारण नपुग संख्या पुर्‍याउन दलहरुले पाएको समानुपातिक सिटमा महिलाको संख्या बढाइएको हो । निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचितहरुलाई शुक्रबार प्रमाणपत्र वितरण गरेको छ ।

समानुपातिकबाट आदिवासी जनजाति ६९, खस आर्य ६६, मधेशी ३७, दलित २९, थारु १२ र मुसलमान समूदायका ७ जना विजयी भएका छन् ।





प्रकाशित : माघ ५, २०७४ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?