१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डोटीको जनजीवन अस्तव्यस्त

मोहन शाही

डोटी — सरकारले अस्थाई प्रदेश राजधानी धनगढी तोकेको विरोधमा डोटीमा जारी आन्दोलनले जनजीवन अस्तब्यस्त बनेको छ ।

तीन दिनदेखि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । खाद्यान्न, दैनिक उपभोग्य सामाग्रिहरुको अभाव हुन थालेको छ । ७ नं. प्रदेशका पहाडी जिल्लाहरुमा तराईबाट जाने निर्माण सामाग्री, खाद्यान्न, लत्ताकपडा ढुवानी नहुँदा उपभोत्ता मारमा परिरहेका छन् । खाना पकाउने ग्यास अभाव भएको छ ।

राजधानी माग गर्दै डोटीमा अनिश्चित आम हड्ताल घोषणा गर्दै प्रर्दशन जारी राखेका छन् । जिल्ला सदरमुकाम सिलगढी, साबिकको क्षेत्रीय सदरमुकाम दिपायल र दक्षिण क्षेत्रमा पर्ने बुडरमा प्रर्दशन गरीरहेका छन् । डोटी उद्योग वाणिज्य संघका अध्यक्ष तथा राजधानी संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरिरहेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रकाशित : माघ ६, २०७४ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?