२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एमाले नेताको हत्यामा संलग्न बन्दुकसहित पक्राउ

काठमाडौँ — एमालेका रुपन्देही जिल्ला नेता एवं फर्निचर व्यवसायीको हत्या आरोपी तीन जनालाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ । रुपन्देहीबाटै पदम चौधरीसहित ३ जनालाई पक्राउ गरिएको हो ।

पुस २१ गते रुपन्देही देवदह नगरपालिका ढेकाबारमा मोटरसाइकलमा आएका २ व्यक्तिको गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षीय वसन्त पौडेलको हत्या भएको थियो । छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।


पौडेलको हत्याबारे अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय भैरहवाले प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो ।


प्रकाशित : माघ ७, २०७४ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?