२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एक सदस्य मात्रै भएको वडा समिति !

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटको भेरी नगरपालिका ३ नम्बर वडामा एक सदस्यीय वडा समिति छ । वडापालिकामा निर्वाचित ४ जना सदस्य जिल्ला समन्वय समिति तथा नगर कार्यपालिका सदस्यमा निर्वाचित भएपछि वडा अध्यक्ष लिलाबहादुर शाह मात्र भएको एक सदस्यीय समिति रहेको हो । 

वडा ३ बाट निर्वाचित सदस्य तेज विक्रम शाह, विन्दु शाह, सृजना विक र रति नेपाली जिल्ला समुन्वय समिति तथा नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । शाह जिल्ला समन्वय समिति र विन्दु, विक र नेपाली नगरकार्यपालिका सदस्य हुन् । उनीहरु माथिल्लो निकायमा निर्वाचित भएपछि वडापालिकामा वडा अध्यक्ष शाहको अध्यक्षतामा एक सदस्यीय बैठक बस्ने गरेको छ ।


बैठकमा शाहको एकल निर्णयद्वारा विभिन्न कामकाज हुँदै आएका छन् । सिंगो वडा समितिको हैसियतले वडापालिकाको सम्पूर्ण कामकाज गर्दै आएको अध्यक्ष शाहले बताए । ‘वडा स्तरमा कुनैपनि निर्णय गर्न अल्पमत वा बहुमत भन्ने छैन,’ उनले भने । यसै वडाबाट निर्वाचित सदस्य भएपनि अर्को निकायको सदस्य बन्न पुगेकालाई वडा तहमा निर्णय गर्ने अधिकार नभएको उनले बताए ।

प्रकाशित : माघ ७, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?