१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डोटीको आम हड्ताल फिर्ता

मोहन शाही

डोटी — पाँच दिनदेखि डोटीमा जारी आमहड्ताल फिर्ता लिइएको छ । डोटीमा हुन थालेको ७ नं. प्रदेशको राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने भन्दै आइतबार बेलुकीबाट आन्दोलन खुकुलो पार्न आन्दोलनकारी सहमत भएका छन् ।

धर्ना तथा मौन जुलुसजस्ता कार्यक्रम गरी प्रदेश राजधानीको माग भने जारी राख्ने संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए ।


सरकारी तथा गैरसरकारी कार्यालय भने बन्द रहने बताइएको छ । दैनिक दुई घण्टा धर्ना र त्यसपछि दुई घण्टा बजार बन्द गर्ने सर्तमा स्थानीय प्रशासन र संघर्ष समितिबीच आम हड्तालको कार्यक्रम फिर्ता लिइएको संयोजक नरेन्द्र खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । यसअघि पनि १३ दिनसम्म जिल्ला ठप्प पारी आन्दोलनको स्वरुप बदल्दै २२ दिनसम्म धर्ना र अनशन गरेर राजधानीको माग गर्दै आएका थिए ।


प्रकाशित : माघ ७, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?