फरार अभियुक्त २९ बर्षपछि पक्राउ

रामेछाप — रामेछापको भुजिमा २९ वर्षअघि भएको हत्यामा संलग्न भई फरार ५६ वर्षीय हरिबहादुर भन्ने ज्ञानकुमार सुनुवारलाइ प्रहरीले पक्राउ गरी अदालत पेश गरेको छ । 

साविक भुजि गाविस ९ का १९ वर्षीय कमलवहादुर सुनुवारको हत्या गरी फरार उनलाई प्रहरीले घरमा आएको सूचना पाएपछि शनिबार भुजिबाट पक्राउ गरेको हो ।


सुनुवार भारतको सिलोङमा बस्दै आएका र बिदामा घर आएको सूचनाको आधारमा उनलाइ पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेश गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।


थापाका अनुसार अदालतले सुनुवारलाइ १० बर्ष कैद भुक्तानका लागि आइतबारै रामेछाप कारागार पठाएको छ ।


प्रकाशित : माघ ७, २०७४ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?