कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीद्वारा ओलीलाई ‘भावी प्रधानमन्त्रीको’ रुपमा शुभकामना

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका छन् ।

मोदीद्वारा ओलीलाई ‘भावी प्रधानमन्त्रीको’ रुपमा शुभकामना

आइतबार अपरान्ह भएको वार्तामा मोदीले भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ,’ अधिकारीले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।’


मोदीले गत पुस ६ गते पनि ओलीलाई फोन गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूलो पार्टी भएकोमा बधाई दिएका थिए । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेको अधिकारीले जानकारी दिए ।

प्रकाशित : माघ ७, २०७४ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?