कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा भोलि बिहानसम्मका लागि निषेधाज्ञा स्थगित

धनकुटा — धनकुटामा स्थानीय प्रशासनले गत बिहीबारदेखि जारी गरेको निषेधाज्ञा आज अपरान्ह ३ बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि स्थगित गरेको छ । 

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले सर्वसाधारणको हितलाई ध्यान दिई उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । सुरक्षा समितिको बैठक केही अघि सम्पन्न बैठकले १६ घण्टाका लागि निषेधाज्ञा स्थगित गरेको हो । लगातारको निषेधाज्ञा र आमहड्तालले धनकुटाको जनजीवन कष्टकर बन्दै गएको अवस्थामा प्रशासनले भने निषेधाज्ञा स्थगित गरेको हो ।


यसैगरी आमहड्ताल आव्हान गर्दै आएको आन्दोलन परिचालन समितिको पनि बैठक जारी रहेको छ । अपरान्ह २ बजेदेखि जारी बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने स्रोतले जनाएको छ । यद्यपी बैठक सम्पन्न भएपछि मात्र निर्णय सार्वजनिक गरिने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।


राजधानीको अस्थायी मुकाम अन्यत्र घोषणा भएसँगै स्थानीयबासीमा तीब्र असन्तुष्टि बढेपछि उत्पन्न परिस्थितिले जिल्लाको अवस्था अझै सहज बन्न नसक्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । आन्दोलनले एकाएक हिंसात्मक रुप लिएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै आएको थियो । उता आन्दोलनरत पक्षले समेत आमहड्ताल जारी राखेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् ।

प्रकाशित : माघ ८, २०७४ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?