१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राजधानी माग्दै धर्ना

मोहन शाही

डोटी — प्रदेश राजधानीको माग गर्दै डोटीमा आन्दोलनको स्वरुप फेरिएको छ । सोमबारबाट क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा धर्ना सुरु गरिएको छ ।

राजधानी माग्दै धर्ना

पाँच दिनदेखि डोटीमा जारी आमहड्ताल स्थगित गरी दुई घण्टा धर्ना तथा दुई घण्टा बजार बन्द गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् ।


डोटीमा हुन थालेको ७ नं. प्रदेशको राष्ट्रिय सभा निर्वाचनलाई सम्पन्न गराउन आम हड्ताल फिर्ता लिइएको संघर्ष समितिले बताएको छ । आइतबार बेलुकी ५ बजेबाट अवरुद्ध सडक तथा बजार खोलिएको थियो ।


यसअघि पनि १३ दिनसम्म जिल्ला ठप्प पारी आन्दोलनको स्वरुप बदल्दै २२ दिनसम्म धर्ना र अनसन गरेर राजधानीको माग गरिएको थियो ।


प्रकाशित : माघ ८, २०७४ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?