कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सल्यान दुर्घटनामा चारको मृत्यु, ३८ घाइते

घाइतेहरुलाई नेपालगञ्ज र सल्यान जिल्ला अस्पताल पठाइयो
विप्लव महर्जन

सल्यान — रुकुमबाट दाङको घोराही जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस त्रिबेणी गाउँपालिकाको भान्टाखोलामा दुर्घटना हुँदा ४ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ३८ घाइते छन् । 

सल्यान दुर्घटनामा चारको मृत्यु, ३८ घाइते

मृत्यु हुनेमा बाग्चौर नगरपालिका १० पिपलनेटाकी ७० वर्षीया छन्तरी बिक, रुकुम मुसिकोट नगरपालिकाकी पुष्पा खडका र रुकुम पेउघाका १७ वर्षीय खिमबहादुर खडका छन् ।

प्रहरीका अनुसार एक जनाको सनाखत भएको छैन ।


प्रहरी नायब उपरिक्षक भरतबहादुर बिकले तीब्र गतिका कारण पट्टा भाँचिएर अनियन्त्रित भई बस दुर्घटनामा परेको बताए । बस सडकबाट १ सय ५० मिटर खसेको थियो ।


घाइतेमध्ये रुकुम मुसिकोटका १८ वर्षीय विवेक हमाल, केदार केसी, ७ वर्षे अंकित केसी, बिमला रावत, रुकुम त्रिबेणीकी बिन्दु ओली, ६ वर्षका गौरव रावल, मदनकुमार ओली, आयुसी केसी, दाङ घोराहीकी धनसरा खडका, ढोडचौर गाउँपालिकाका डिल्लीराज लामीछाने, सीता कसेरा, उनकी छोरी अस्मिता, दार्मा गाउँपालिका १ का भद्रबहादुर केसी, त्रिबेणी गाउँपालिका ७ की दिपशिखा ओली गरी १४ जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको डीएसपी बिकले जानकारी दिए ।


उनका अनुसार सामान्य घाइतेको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।


चालकलाई इलाका प्रहरी कार्यालय, लुहामले नियन्त्रणमा लिएको छ । उक्त सडकमा केही वर्षअघि भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो । घुम्ती र उकालो सडकमा तीव्र गतिले दुर्घटना हुने गरेको डीएसपी विकको भनाइ छ ।

प्रकाशित : माघ ८, २०७४ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?