३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नक्कली जोतभोगकर्ता खडा गरी भ्रष्टाचार गरेको अभियोगमा मुछिएकालाई सफाई

कृष्ण ज्ञवाली

काठमाडौँ — नक्कली जोतभोगकर्ता खडा गरी भ्रष्टाचार गरेको अभियोगमा ग्रामीण आदर्श कम्पनीका तत्कालीन महाप्रबन्धकसहित १४ जनाले विशेष अदालतबाट सोमबार सफाइ पाएका छन् । अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरू रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले दाबी नपुग्ने भन्दै उनीहरूलाई सफाइ दिएको हो । 

नवलपरासीको दाउन्नेस्थित जग्गा नक्कली जोतभोगकर्ता खडा गरी बेचेको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयागले तत्कालीन महाप्रबन्धकहरू नरेश चौधरी र कृष्णदेव चौधरी, कामु प्रमुख नारायणप्रसाद घिमिरे, योजना प्रमुख नागेन्द्र चौधरी, वरिष्ठ सहायक रत्नबहादुर थापालगायतविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, सबइन्जिनियर उमेश साह, वरिष्ठ सहायक हरिकृष्ण घिमिरे, नासु खडानन्द तिवारी, गाविसका सहायक कर्मचारी विष्णुप्रसाद अर्याल, गाविस सचिव केशव तिवारीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।


अख्तियारले उनीहरूसँग ६८ लाख ५१ हजार रुपैयाँका दरले बिगो मागदाबी गरेको थियो । नक्कली जोतभोगकर्ताहरू रामवृक्ष केवट, शोभाकर भुसाल, किंकरप्रसाद दुवे र अशोककुमार चौधरीलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । नक्कली जोतभोगकर्तासँग भने ८३ लाख ६० हजार रुपैयाँका दरले बिगो मागदाबी गरिएको थियो ।


प्रकाशित : माघ ८, २०७४ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?