राष्ट्रिय सभामा एमालेले टुंग्यायो तीन प्रदेशका उम्मेदवार, प्रदेश ५ बाट कोमल वली 

शेखर अधिकारी

काठमाडौँ — एमालेले राष्ट्रिय सभाका लागि तीन वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको छ । स्थायी कमिटीको सोमबार राति अबेरसम्म बसेको बैठकले ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवार टुंगो लगाएको हो ।

राष्ट्रिय सभामा एमालेले टुंग्यायो तीन प्रदेशका उम्मेदवार, प्रदेश ५ बाट कोमल वली 


प्रदेश नं ५–

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

२. खिमलाल भट्टराई (खुला), रुपन्देही

३. मीना बुढा (महिला), रोल्पा

४. कोमल वली (महिला), दाङ


प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला

२. नन्दा शर्मा ( महिला), सुर्खेत

३. नरपति लोहार (दलित), कालिकोट

४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७–

१. कमला ओली (महिला), कैलाली

२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

३. शेरबहादुर कुावर (खुला), अछाम

४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा


सिलवालविरुद्ध सरकारको प्रतिशोध

एमालेले ललितपुर– क्षेत्र नं १ नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।


बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा भएका प्रगतिबारे जानकारी गराएका थिए । पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै उनले पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पुर्‍याउने गरी काम गर्न निर्देशन दिए । बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाट गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।



प्रकाशित : माघ ८, २०७४ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?