कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गौचनको हत्यामा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

रासस

काठमाडौँ — जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

गौचनको हत्यामा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले मंगलबार थुनछेक बहसपछि गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए । अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । अदालतले राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा छोड्न आदेश दिएको छ ।


काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको संगठित अपराधमाथिको बहसपछि अदालतले सो आदेश दिएको हो । गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो ।

प्रकाशित : माघ ९, २०७४ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?