१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वर्षासँगै गोरखामा हिमपात

सुदीप कैनी

गोरखा — गएराति र बुधबार बिहानी पखको वर्षाले उत्तरी भेग र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
हिउँ परेपछि चिसो बढेको छ । तत्कालका लागि चिसो बढेपनि अब गर्मी मौसम सुरु हुने स्थानीयबासीको अनुमान छ ।

वर्षासँगै गोरखामा हिमपात

उच्च पहाडी क्षेत्रको डाँडाकाडा सेताम्मे हिमपात भएको धार्चे गाउँपालिका लाप्राकका रितपाल गुरुङले जानकारी दिए । ‘बस्तीसम्मै हिउँ जम्न थालेको छ,' उनले भने । बारपाक, लाप्राक, स्वाँरा सौरपानीको धार्चे क्षेत्र, गुम्दा, केरौंजा, उहिया, सिर्दिबास लगायत पहाडी र उत्तरी क्षेत्रका हिमाली भू-भागमा रातिदेखि हिमपात भएको हो ।


चुमनुव्री गाउँपालिकाको अधिकांश क्षेत्र, धार्चे र सुलिकोट गाउँपालिकाको उच्च पहाडी भुभागमा हरेक वर्ष हिमपात हुने गर्छ । पानी परेर चिसो बढे त्यसक्षेत्रमा फागुनको अन्तिम सम्मै हिमपात हुने स्थानियबासीको भनाई छ ।


हिमपातका कारण जनजीवन केहि कष्टकर भएपनि खेतिपाति सप्रने स्थानियको विश्वास छ । ‘हिउँ परेपछि जमिनमा पानी र मलको मात्रा पुग्छ,' गुम्दाका महेश गुरुङले भने, ‘बालीनाली सप्रन्छ, स्थानिय खुशी छन् ।’ चिसाको कारण अस्थायी टहरामा बसेका भूकम्प पीडितको जनजीवन भने प्रभावित भएको छ ।


‘मौसम त्यति राम्रो छैन, अझै पानी परे हिउँ थपिन सक्छ,' उनले भने । हिउँ जमेर बस्ती ढाकेको ठाउँमा पुनर्निर्माणको काम रोकिएको छ । स्थानीय घर भित्रै बसेका छन् । बालबालिका हिउँ खेल्न रमाएको गुरुङले बताए ।

प्रकाशित : माघ १०, २०७४ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?