जुम्लामा हिउँ परेपछि...

काठमाडौँ — जुम्लामा गएरातिबाट हिमपात भएको छ । हिउँ परेपछि जुम्ला सदरमुकाम खलंगा पुरै सेताम्मे भएको छ । पुसको दोस्रो साता हिउँ पर्नुपर्ने भएपनि जलवायु परिवर्तनका कारण माघ दोस्रो सातामा मात्रै हिउँ परेको छ ।

जुम्लामा हिउँ परेपछि...

ढिलो गरी हिउँ परेपनि हिउँदेवालीलाई फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।


जुम्लाको अहिलेको तापक्रम माइनस ८ डिग्री रहेको छ । चिसो अत्याधिक मात्रामा बढेकाले सदरमुकाम सनुसान छ । हिउँ परेपछि जिल्लाबाहिरका कर्मचारीहरु हिउँ खेल्दै रामाइरहेका छन् भने केहीले हिउँमा फोटो खिचाउँदै सामाजिक सञ्जालमा समेत राख्न थालिसकेका छन् ।


यो वर्ष पहिलोपटक माघको दोस्रो सातामा हिउँ परेको हो । हिउँ परेपछि स्याउ खेतीलाई फाइदा पुग्ने भएपछि किसानहरुलाई अब आफ्नो स्याउ बगैंचा व्यवस्थापनमा ध्यान दिन कृषि विज्ञहरुले सुझाव दिएका छन् ।


चिसो अधिक बढेसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।








प्रकाशित : माघ १०, २०७४ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?