कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

रसुवामा हिमपात, जनजीवन कष्टकर

बलराम घिमिरे

रसुवा — हल्का वर्षासँगै आज बिहानबाट रसुवाको हिमाली भागमा हिमपात भएको छ  । हिमपात र वर्षाले जिल्लाको उत्तरी क्षेत्रमा जाडो धेरै बढेको छ ।

रसुवामा हिमपात, जनजीवन कष्टकर

जिल्लाको उतरी क्षेत्र गत्लाङ, लाङटाङ, क्याङजीन, गोसाइकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नगथली, चन्दनबारी लगायतका विभिन्न ठाउँहरुमा हिमपात भएको छ । चिसोका कारण टहरामा बसिरहेका भूकम्प पीडित समस्यामा परेका छन् ।


३२ महिनाअघि गएको भूकम्पले घर भत्किएर अहिलेसम्म घर निर्माण नथालेका, निर्माण सम्पन्न नभएका र गाउँबाट विस्थापित भएर जिल्लाको विभिन्न बसिरहेका भूकम्प पीडितहरु चिसोको मारमा परेका छन् ।


हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीय बासिन्दाहरुको जनजीवन प्रभावित भएको पार्वतीकुण्ड गाउँपालिका–३ का नबिन लामाका बताए ।


उनले भने, ‘गाउँमा चिसोको कारण बालबालिका, महिला र बृद्धाबृद्धालाई बढी प्रभावित भएका छन् । चिसो धेरै बढेकाका कारण जिल्लाका स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । अघिल्लो वर्षहरुमा पुसको पहिलो साताबाट हिउँ पर्न सुरु हुने भएपनि यो वर्ष ढिलोगरी हिमपात भएको हो ।

प्रकाशित : माघ १०, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?