राष्ट्रियसभा निर्वाचन : प्रदेश नं ५ मा ११ जनाको उम्मेदवारी

दुर्गालाल केसी

दाङ — राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ५ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका चार, कांग्रेसका चार, माओवादी केन्द्रका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश नं ५ मा ११ जनाको उम्मेदवारी

एमालेबाट खुलामा रुपन्देहीका खिमलाल भट्टराई, दलितमा पश्चिम नवलपरासीका रामलखन चमार, महिलामा रोल्पाकी मिना बुढा र दाङकी कोमल ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।


कांग्रेसबाट खुलामा रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय, दलितमा बाँकेका मैकुलाल बाल्मिकी, महिलामा दाङकी अनिता देवकोटा र अपांगमा रुकुम पूर्वका लुट बहादुर खत्रीले मनोनयन दर्ता गरेका छन्


माओवादी केन्द्रबाट खुलामा अर्घाखाँचीका चन्द्रबहादुर खड्का र अपांगमा रोल्पाका राजकुमार कुँवरले उम्मेदवारी दिएका छन् । प्रदेश नं ५ मा १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख, उपप्रमुख र ८७ प्रदेशसभा सदस्य गरी ३ सय ५ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलले जानकारी दिएका छन् ।



प्रकाशित : माघ १०, २०७४ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?