कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियसभा निर्वाचन :प्रदेश ७ मा १० जनाले मनोनयन दर्ता गरे

मोहन शाही

डोटी — राष्ट्रियसभा सदस्यका लागि प्रदेश ७ मा १० जनाले मनोनयन गरेका छन् । प्रदेश नं. ७ को लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय सिलगढी डोटीमा बुधबार साढे तीन बजेसम्म १० जनाले मनोनयन दर्ता गरेका हुन् ।

दिउँसो १ बजे कांग्रेसका तर्फबाट ४, एमालेको तर्फबाट ४, माओवादी केन्द्रको तर्फबाट २ जनाले मनोनयन दर्ता गराएका छन् ।


कांग्रेसबाट खुल्लातर्फ बद्री प्रसाद पाण्डेय, महिलातर्फ तारादेवी जोशी, दलिततर्फ शेरेराम पार्की र अल्पसंख्यक अपांगतर्फ छत्रराज जोशीले मनोनयन गरेका छन् ।


एमालेबाट खुल्ला तर्फ शेरबहादुर कुँबर, महिलातर्फ कमला ओली, दलित तर्फ चक्रप्रसाद स्नेही र अल्पसंख्यक अपांगतर्फ इन्दु कडरियाले मनोनयन गरेका छन् ।


माओवादी केन्द्रतर्फ खुल्लातर्फ हरिराम चौधरी र अपाङ्गतर्फ महेश कुमार महराले मनोनयन गरेका छन् ।

प्रकाशित : माघ १०, २०७४ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?