कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ३ मा १७ जनाको मनोनयन दर्ता

प्रशान्त माली

ललितपुर — माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर ३ बाट १७ जनाको उम्मेदवारी परेको छ ।
वामगठबन्धनको तर्फबाट एमालेले ६ तथा माओवादी केन्द्रले २, नेपाली कांग्रेसले ४, नेपाल मजदुर किसान पार्टीले ४ र राप्रपाले १ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय ललितपुर पाटनमा बुधबार बेलुकी ४ बजेसम्म मनोनयन दर्ता भएको थियो ।


नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराउनेहरु

बलरामप्रसाद बास्कोटा (खुला)

बेदुराम भुसाल (खुला)

दिलकुमारी रावल थापा (महिला)

उदया शर्मा पौड्याल (महिला)

सिंगबहादुर विश्वकर्मा (दलित)

रामचन्द्र राई (अपांग)


माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराउनेहरु

रामबहादुर थापा ‘बादल’ (खुला)

गंगा पराजुली (महिला)


नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनेहरु

राधेश्याम अधिकारी (खुला)

धनकुमारी खतिवडा (महिला)

हरिशरण नेपाली (दलित)

मदनकृष्ण श्रेष्ठ (अपांग)


नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गराउनेहरु

कृष्ण बहादुर तामाङ (खुला)

गीता काफ्ले (महिला)

श्याम विशंखे (दलित)

हिमालेश्वर मूल (अल्पसंख्याक)


राप्रपाबाट उम्मेदवारी दर्ता गराउने

लक्ष्मी देसार (महिला)

प्रकाशित : माघ १०, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?