२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

६५ वर्षमै बृद्ध भत्ता दिने सरकारकाे निर्णय

भूकम्प पीडितले पाउने किस्ताकाे अवधि थप
मन्त्रिपरिषद् बैठक

काठमाडौँ — सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो । 

६५ वर्षमै बृद्ध भत्ता दिने सरकारकाे निर्णय

त्यस्तै सरकारले भूकम्प र बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गरेको जानकारी सिंचाइमन्त्री सञ्जय गौतमले दिए ।


साथै सरकारले भूकम्पपीडितलाई पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय समेत गरेको छ ।

यसअघि भूकम्पपीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय भइसकेको छ ।


यसैबीच, शहरीविकास मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले विभिन्न १५ नगर विकास समिति अध्यक्षमा आफ्नो पार्टीका कार्यकर्तालाई नियुक्ति दिने विवादास्पद निर्णय समेत गरेका छन् ।


प्रकाशित : माघ १०, २०७४ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?