कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमणकालीन न्यायको प्रगतिप्रति अन्तर्राष्ट्रिय समुदाय बेखुस

काठमाडौँ — कूटनीतिक समुदाय तथा मानव अधिकार पक्षधरहरूले माओवादी द्वन्द्वका बेला भएका मानव अधिकार उल्लंघनका घटनालाई विश्वसनीय संक्रमणकालीन न्यायिक प्रक्रियामार्फत सम्बोधन गर्न सरकार र दलहरूलाई सुझाव दिएका छन् ।

उनीहरूले द्वन्द्वपीडितलाई न्याय र पीडकलाई दण्ड दिने कार्यमा भइरहेको प्रयासलाई सकारात्मक भन्दै छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका हुन् । संक्रमणकालीन न्याय निरूपणमा भइरहेको ढिलाइप्रति उनीहरूले असन्तुष्टिसमेत व्यक्त गरे ।


दोस्रो विश्वयुद्धका बेला मारिएका लाखाै‌ं यहुदीको सम्झना (होलोकोस्ट स्मृति) का सन्दर्भमा जर्मनी दूतावासमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूले मानव अधिकारका विषयलाई सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रम संयुक्त राष्ट्र्रसंघ, युरोपेली महासंघ, जर्मनी तथा इजरायल दूतावासले संयुक्त रूपमा आयोजना गरेका हुन् ।


नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफरले इतिहासमा भएको दु:खद घटना जर्मनीका लागि लज्जास्पद रहेको बताए । यो घटनाले विश्वमै संक्रमणकालीन अवस्थाको न्यायिक विषय उठेको उनले बताए । जर्मनीसहित बोस्निया, रुवान्डा, क्याम्बोडिया तथा डार्फरमा भएका त्यसबेलाको आमसंहारमा मारिएकाको सम्झनामा सन् २००५ देखि राष्ट्रसंघले प्रत्येक वर्ष जनवरी २७ लाई होलोकोस्ट स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।


कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार उल्लंघनका घटना संक्रमणकालीन न्याय प्रक्रियाबाट सम्बोधन हुनुपर्ने बताए । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमा, युरोपेली महासंघका राजदूत बेरेवनिका कोडी, राष्ट्रसंघको आवासीय प्रतिनिधि भेलोरी जेरार्डलगायत कूटनीतिज्ञले विश्व शान्तिको कामना गरे ।



प्रकाशित : माघ ११, २०७४ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?