१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्ः आयोग

रासस

काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । 

प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्ः आयोग

आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ ।


राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।


यसैबीच आयोगले प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएका राजनीतिक दललाई उक्त निर्वाचनमा खर्चको विवरण निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र पेश गर्ने निर्देशन दिएको छ ।


प्रदेश सभा सदस्य निर्वाचनमा दलले प्रतिउम्मेदवार एक लाख ५० हजारका दरले खर्च गर्न सक्ने रकमको सीमा हद तोकेको थियो । निर्वाचनको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।


प्रदेश सभा सदस्यको समानुपातिक तर्फको गत मंसिर १० र २१ गते निर्वाचन भई माघ ३ गते नतिजा सार्वजनिक भइसकेको स्मरण गराउँदै खर्चको विवरण बुझाउन आयोगले सूचना जारी गरेको हो ।

प्रकाशित : माघ १५, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?