कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारी थालेको छ । विभाग राष्ट्रिय जनगणना गर्ने एकमात्र सरकारी निकाय हो । यो विभाग राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

प्रत्येक दस वर्षमा राष्ट्रिय जनगणना हुने गर्दछ । अब हुने जनगणना बाह्रौं हुनेछ ।


विभागले मुलुक संघीय संरचनामा बदलिएसँगै जनगणनाको मोडालिटी परिमार्जन गर्ने भएको छ । ‘स्थानीय तहको संलग्नता र स्वामित्व हुने गरी आगामी जनगणना हुनेछ,’ विभागका उपमहानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘चालू आर्थिक वर्षमा आगामी जनगणनाको मोडालिटी, प्रश्नावलीको बारेमा अध्ययन, डाटा ग्याप एसेसमेन्ट कार्य भइरहेको छ ।’


संयुक्त राष्ट्रसंघको जनगणना परिभाषाअनुसार जनगणनाका थप कार्य हुने समेत उनले जनाए । विभाग जनगणना शाखाका निर्देशक शंकरलाल श्रेष्ठका अनुसार राष्ट्रसंघको इलेक्ट्रोनिक डाटा कम्प्युटिङ प्रणाली अपनाउने अभ्यास सुरु भएको छ । ‘प्रविधि प्रयोग नेपालको राष्ट्रिय जनगणना सर्वेक्षण सञ्चालन व्यवस्थापन चुनौतीपूर्ण छ,’ निर्देशक श्रेष्ठले भने, ‘तर पनि प्रविधि प्रयोग गर्न सकेमा नतिजा प्रकाशन चाँडो हुनेछ र तथ्यांकको गुणस्तरसमेत बढ्ने निश्चित छ ।’

विभागले बाह्रौं राष्ट्रिय जनगणना-२०७८ लाई विगतभन्दा चुस्त तुल्याउने लक्ष्य लिएको छ । प्रश्नावली परिमार्जन, नयाँ प्रविधिको प्रयोग गरेर तथ्यांक प्रविष्टि गर्ने, सरकारका अन्य निकायको प्रशासनिक तथ्यांकबाट आउने तथ्यांकलाई जनगणनामा दोहोरिन नदिनेलगायत गृहकार्य थालेको जनाइएको छ ।

प्रकाशित : माघ १६, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?