कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सामूहिक बलात्कार प्रकरण : इन्स्पेक्टर निलम्बनमा

जनकराज सापकाेटा

काठमाडौँ — सामूहिक बलात्कार घटना गुपचुप मिलाउन खोज्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार ठकुरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ ।

सामूहिक बलात्कार प्रकरण : इन्स्पेक्टर निलम्बनमा

यसअघि त्यही घटना आर्थिक प्रलोभनमा परेर गुपचुप पार्न खोजेको आरोपमा मुद्दा शाखाकै सई चन्द्र भण्डारी पनि निलम्बनमा परिसकेका छन् । ठकुरीलाई भने बुधबारै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । स्रोतका अनुसार उनीसूग बयान लिन सुरु गरिसकिएको छ । ठकुरीले सुरुवाती बयानमा युवतीमाथि नै दोष थोपरेका छन् ।


दरबारमार्गकै एक होटलमा सामूहिक बलात्कारमा परेकी युवतीसूग बिहीबार परिसरले बयान लिएको थियो । त्यसक्रममा युवतीले त्यस्तो कुनै घटना नभएको भन्दै बयान फेरेकी थिइन् । जबकि ।मेडिकल रिपोर्ट’ का क्रममा दिएको लिखित बयानमा उनले चारजनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोसमेत खिचेको बताएकी छन् । आरोपित पक्षको दबाबका कारण युवतीले बयान फेरेको हुनसक्ने भन्दै प्रहरीले बिहीबारदेखि उनलाई गोप्य सेल्टरमा राखी मनोपरामर्श दिइरहेको छ ।


परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले युवतीमाथि बाह्य दबाब पर्न नदिने र उनलाई घटनाबारे बताउन सहज वातावरण तयार पार्ने प्रयास गरिरहेको बताए । गम्भीर प्रकृतिको घटना गुपचुप राख्ने काममा क(कसको कस्तो संलग्नता थियो भनी खोजी पनि भइरहेको उनले जानकारी दिए । ।अनुसन्धान सकिएपछि कानुनको बर्खिलाप गएर घटनामा संलग्नता राखेका सबैलाई कडा कारबाही गरिनेछ,’ उनले भने ।

यो पनि पढ्नुहोस् ।

सामूहिक बलात्कार ढाकछोप प्रकरण : डीएसपी भारती परिसर तानिँदै, सई निलम्बित

सामूहिक बलात्कार प्रकरण : ‘नग्न बनाएर भिडियो खिचिएको थियो’

‘सामूहिक बलात्कार’ प्रहरीद्वारा गुपचुप

प्रकाशित : माघ १९, २०७४ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?