२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५
समाचार

News

इटहरी बलात्कार प्रकरण : महिला अधिकारकर्मी सडकमा

बलात्कार घटनामा मिलापत्र गराएर आरोपी भगाइएको आरोप लगाउँदै महिला अधिकारवादीहरू सडकमा उत्रिएका छन् । महिला सञ्जाल सुनसरीको अगुवाइमा शनिबार इटहरीमा प्रहरीको शंकास्पद व्यवहारप्रति खबरदारी गर्दै र्‍याली निकालिएको हो ।

इटहरी बलात्कार प्रकरण : महिला अधिकारकर्मी सडकमा

यातायात व्यवसायी महासंघको अध्यक्षमा कर्माचार्य विजयी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । कर्माचार्यले ९८७ र डोलनाथ खनालले ७०८ मत प्राप्त गरे ।

यातायात व्यवसायी महासंघको अध्यक्षमा कर्माचार्य विजयी

दरबारमार्ग बलात्कार प्रकरण : शैलेशसहित ४ विरुद्ध किटानी जाहेरी

दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । 

दरबारमार्ग बलात्कार प्रकरण : शैलेशसहित ४ विरुद्ध किटानी जाहेरी

कांग्रेसद्वारा ह्वीप जारी

कांग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको चुनावमा सहभागी हुन माघ २२ भित्र आ-आफ्नो मतदानस्थल पुगिसक्न आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको छ ।

कांग्रेसद्वारा ह्वीप जारी

नेपालमा चुनावको सफलता संक्रमणकाल अन्त्यको कोसेढुंगा : भारत

भारतले संविधान कार्यावन्यनका क्रममा भएका तीनै तहको निर्वाचनको सफलता नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा हुने विश्वास व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्केपछि भारतीय विदेश मन्त्रालयले शुक्रबार राति वक्तव्य जारी गरी नेपालको संविधान र तीनै तहको सफल निर्वाचनको औपचारिक रूपमा स्वागत गरेको हो ।

नेपालमा चुनावको सफलता संक्रमणकाल अन्त्यको कोसेढुंगा : भारत

स्वराजको भ्रमणले झन् अविश्वास बढायो : भट्टराई

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण उपयुक्त समयमा नभएको टिप्पणी गरेका छन् ।

स्वराजको भ्रमणले झन् अविश्वास बढायो : भट्टराई

मधेस विद्रोहः जसले संघीयताको सपना पूरा गरायो

२०६३ सालको माघ महिना । मधेसका जिल्ला आन्दोलित थिए । मुख्य माग थियो ‘संघीयता’ । माघ २ गतेदेखि २४ दिन चलेको उक्त आन्दोलनले ‘मधेस विद्रोह’ को नाम पाएको थियो जसमा ४३ जनाले सहादत प्राप्त गरे । सयौं व्यक्ति अंगभंग भए । संघीयताको जुन सपना देखेर आन्दोलनकारीले ज्यानको बाजी लगाए, त्यो आज पूरा भएको छ । 

मधेस विद्रोहः जसले संघीयताको सपना पूरा गरायो

अधिकांश देवीनाच जेनतेन सञ्चालनमा

ठेचोस्थित नवदुर्गा भवानी देवी गुठीमा चिराग समात्ने गुठियार चार वर्षदेखि खाली छ । पछाडिको चिराग समात्नेहरूको ठाउँ त झन् ८ वर्षदेखि खाली छ । ३४ जना गुठियारमध्ये कुमारी, ब्रह्मायणी, महालक्ष्मी र सिंघिनी देवगण समात्ने ४ जना पोमी, कुमी (सामान ओसार्ने व्यक्ति) गरी ८ जनाको पद पनि ८ वर्षदेखि खाली छ ।

अधिकांश देवीनाच जेनतेन सञ्चालनमा

स्वराज भ्रमण – जसले ६ दशकअघिको बिहे सम्झायो

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार शीतलनिवासमा २५ मिनेट भेटवार्ता भयो । स्वराज नेतृत्वको टोली मध्याह्न १२ बजे शीतलनिवास पुगेको थियो । त्यस क्रममा ६ दशकअघि शीतलनिवासमै भएको भारतीय जोडीको विवाह चर्चाले वार्तामा रौनक थप्यो । 

स्वराज भ्रमण – जसले ६ दशकअघिको बिहे सम्झायो

“अर्केस्ट्रा” मा बेचिँदै चेली

रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमामा फेला पार्‍यो ।

“अर्केस्ट्रा” मा बेचिँदै चेली

तस्बिर देखेरै भक्कानिए आफन्त

झापा, भद्रपुरका श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कोमामा छन्, त्यो पनि विदेशी भूमिमा । कतारको हमाद अस्पतालमा रहेका ३७ वर्षे नेम्वाङको खबर उनका आफन्तलाई थाहा नभएको होइन । सबै जान्दाजान्दै पनि उद्धार गरेर घर ल्याउन नेम्वाङ परिवारसँग उपाय छैन । आर्थिक अवस्था पनि ज्यादै नाजुक छ ।

तस्बिर देखेरै भक्कानिए आफन्त

सात प्रदेशमा पुग्यो ४ अर्ब ३४ करोड

प्रदेशसभाको पहिलो बैठक बस्ने क्रमसँगै प्रदेश सरकारका लागि आवश्यक स्रोत तथा जनशक्ति खटाउने कामसमेत धमाधम भइरहेको छ । प्रादेशिक संरचना कार्यान्वयनमा हालसम्म अर्थ मन्त्रालयले सातवटै प्रदेशमा गरी करिब ४ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिसकेको छ ।

सात प्रदेशमा पुग्यो ४ अर्ब ३४ करोड

साधनस्रोतले धनी, सम्भावनाको खानी

सात प्रदेशमध्ये सबैभन्दा बलियो प्रदेशका रूपमा ३ नम्बर प्रदेश रहेको छ । यो प्रदेशमा सम्भावनाका आधारहरू धेरै छन् । आशा जगाउने क्षेत्रहरू प्रशस्त छन् । शिक्षा, स्वास्थ्य, उद्योग, हाइड्रो र पोल्ट्री आयस्रोतका मुख्य स्रोत हुन् । 

साधनस्रोतले धनी, सम्भावनाको खानी

‘निकट सहकार्य’को स्वराज–सूत्र

भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार अपराह्न दिल्ली फर्कने विमानमा चढेपछि उनीसँगै रहेका विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले ट्वीटरमा लेखे, ‘एउटा सफल भ्रमण सम्पन्न गरेर स्वदेशका लागि प्रस्थान गर्दैछांै ।’ उनीहरूको भ्रमण कति सफल भयो, त्यो भविष्यले बताउला, तर अचानक भएको यो ‘राजनीतिक’ भ्रमणले नेपालको विश्वास जितेर अगाडि बढ्ने भारतीय प्रयत्नलाई भने सार्वजनिक गरेको छ । 

‘निकट सहकार्य’को स्वराज–सूत्र

‘प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र’

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो ।

‘प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र’

मौलिकता जोगाउनै चुनौती

मोटरभन्दा पहिले जहाज देख्यो पोखराले । २००८ सालमा यहाँ पहिलोपटक जहाज आएको थियो । त्यसको झन्डै डेढ दशकपछि मात्रै मोटर गुड्यो । पहिले महेन्द्र पुलदेखि विन्ध्यवासिनीसम्मको नेवार बस्तीलाई मात्रै पोखरा भन्ने गरिन्थ्यो । अहिले पोखरा–लेखनाथ महानगर बनिसक्दा यसको परिचय फराकिलो बनेको छ । ४ नम्बर प्रदेशको अस्थायी मुकाम बनेसँगै यहाँ चुनौतीका चाङ पनि उत्तिकै बढेका छन् ।

मौलिकता जोगाउनै चुनौती

‘परिवर्तनको अनुभूति भएन’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, सिगास टोलका सुकुम्बासी दलबहादुर बोहराले जनप्रतिनिधि सहभागी एक कार्यक्रममा भने, ‘अब नेताहरूले काम गर्लान् भन्ने आस मरिसक्यो । तर, उहाँहरूबाहेक हाम्रा गुनासा सुन्ने अरू निकाय पनि त छैन ।’ स्थानीय तहको निर्वाचनअघि उम्मेदवारहरूले गरेका प्रतिबद्धता र अहिले भइरहेका गतिविधि देखेर उनी सन्तुष्ट छैनन् । 

‘परिवर्तनको अनुभूति भएन’

नगरपालिकाबाटै सम्बन्ध विच्छेद

आठबिसकोट नगरपालिकाले न्यायिक समितिमा परेको निवेदनमाथि सुनुवाइ गर्दै एक दम्पतीको सम्बन्ध विच्छेद गराएको छ । समितिले दुवै पक्षसँग छलफल गराई मेलमिलापबाट सम्बन्ध विच्छेद गराएको हो । 

नगरपालिकाबाटै सम्बन्ध विच्छेद

बिरामीसँग दलाली

नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पछिल्लो समय बिरामीसँग दलाली बढेको छ । अस्पताल आसपासका निजी पसलमा औषधि, प्रयोगशाला, एक्सरे लगायतका सेवा छिटो र भरपर्दो दिने भन्दै दलाल परिचालन भएका छन् । यसमा अस्पतालका केही कर्मचारीसमेत संलग्न रहेको आशंका गरिएको छ । 

बिरामीसँग दलाली

बालविवाहले बिग्रँदै घरबार

रूपन्देही कम्हरियाकी पूजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । १२ वर्षको उमेरमा बिहे भएर माइतमै बस्दै आएकी उनी केटापक्षले गौना लिन (साइत छोपेर) आउने दिन कुर्दाकुर्दै पतिले अर्को बिहे गर्दा अलपत्र परेकी छन् । 

बालविवाहले बिग्रँदै घरबार