१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वराजको भ्रमणले झन् अविश्वास बढायो : भट्टराई

सुदीप कैनी

गोरखा — नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण उपयुक्त समयमा नभएको टिप्पणी गरेका छन् ।

स्वराजको भ्रमणले झन् अविश्वास बढायो : भट्टराई

गोरखा सदरमुकाममा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्वराजको भ्रणमले झन् अविश्वास बढाएको बताए । ‘पुरानो सरकार बिदा भएर नयाँ सरकार बनाउने बेला छिमेकी मुलुकको विदेशमन्त्रीले भ्रमण गर्दा अनावश्यक राजनीतिक अर्थ लागेको छ’, उनले भने, ‘बेमौसमको भ्रमणले झन् अविश्वासको वातारण बढाउने र चलखेलको अर्थ लगाउँछ ।’ छिमेकीहरुलाई सन्तुलनमा राखेर नयाँ सरकार गठन गर्न ढिलाई गर्न नहुने उनको भनाइ थियो ।


गोरखा उद्योग वाणिज्य संघको १५ औं अधिवेशनको उद्घाटन गर्न उनी सदरमुकाम आएका थिए । देशलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्नेमा उनले जोड दिए । गोरखाको विकास निर्माणको नेतृत्व आफू गर्ने भन्दै उनले भने, ‘हाम्रो छुट्टाछुट्टै विचार र पार्टी छन् तर विकास निर्माणमा एक भएर अघि बढौं ।’

प्रकाशित : माघ २०, २०७४ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?