कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कांग्रेसद्वारा ह्वीप जारी

काठमाडौँ — कांग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको चुनावमा सहभागी हुन माघ २२ भित्र आ-आफ्नो मतदानस्थल पुगिसक्न आफ्नो पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको छ ।

कांग्रेसद्वारा ह्वीप जारी

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा सातै प्रदेशमा हुँदै छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीको ‘ह्वीप’पालना गर्न निर्देश गरिएको छ ।


प्रकाशित : माघ २०, २०७४ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?