कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यातायात व्यवसायी महासंघको अध्यक्षमा कर्माचार्य विजयी

रासस

चितवन — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । कर्माचार्यले ९८७ र डोलनाथ खनालले ७०८ मत प्राप्त गरे ।

कर्माचार्यलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी भएका छन् । यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार मत प्राप्त गरी विजयी भएका छन् । मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भएका छन् ।


यस्तै महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त मत प्राप्त गरी विजयी भएका छन् ।


युनियनमा बराल


देशभरका सरकारी अस्पतालमा कार्यरत विकास समितिका कर्मचारीको संस्था अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा सञ्जय बराल निर्वाचित भएका छन ।


शनिबार भरतपुरमा सम्पन तेस्रो महाधिवेशनले भरतपुर अस्पतालमा कार्यरत बरालको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लोकराज पनेरु, महासचिवमा नवराज लुइँटेल, सचिवमा अरुण खनाल, सहसचिवमा मनोजकुमार देव, कोषाध्यक्षमा बद्री बस्नेत चयन भएका छन् । त्यस्तै महाधिवेशनबाट १ नं प्रदेश प्रमुखमा बद्रीप्रसाद दाहाल, २ नं प्रदेश प्रमुखमा सञ्जय कुँवर गुप्ता, ३ नं प्रदेश प्रमुखमा सुरेन्द्र केसी, ५ नं प्रदेश प्रमुखमा अर्जुनजङ्ग शाही, ७ नं प्रदेश प्रमुखमा नरेश थारु चयन भएका छन् ।


प्रदेश नं ४ र प्रदेश नं ६ प्रमुख भने कार्यसमितिको पहिलो बैठकले तोक्ने छ । महाधिवेशनबाट ६१ जनाको परिषद् समिति चयन गरिएको छ । निर्वाचित सबैलाई आजै प्रमुख निर्वाचन अधिकृत राधा पोखरेलले शपथ गराएका थिए । निर्वाचित समितिको बैठक आजै क्यान्सर अस्पतालको सभाहलमा बसेको छ ।

प्रकाशित : माघ २०, २०७४ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?