कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ र ४ मा पनि बस्यो पहिलो प्रदेशसभा बैठक

काठमाडौँ — प्रदेश नम्बर ४ को प्रदेश सभाको पहिलो बैठक सुरु भएको छ ।प्रदेश ४ को बैठक पोखरामा भएको हो । प्रदेश १ को बैठक भने विराटनगर सुरु हुँदैछ । दुइटै प्रदेशसभा बैठकका कार्यसूची समान छन् ।

प्रदेश १ र ४ मा पनि बस्यो पहिलो प्रदेशसभा बैठक

प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने, सभामुखको सहयोगका लागि विभिन्न दलबाट पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिने छ । अधिवेशनमा शुभकामना मन्तव्य राख्ने दलका प्रदेश सांसदको नाम पनि टुंगो लगाइने छ । बैठकले सभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरिनेछ ।


प्रदेश १ मा ९३ सांसद छन् ।


प्रदेश ४ मा प्रत्यक्ष र समानुपातिकका गरी यस प्रदेशमा सांसद संख्या ६० हो । त्यसमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र नयाँ शक्तिका २ सांसद छन् ।


मनाङ ‘ख’ बाट एमालेको सहयोगमा निर्वाचित स्वतन्त्र दीपक मनाङे भनिने राजिव गुरुङ भने सर्वोच्च अदालतको आदेशले सांसद हुनबाट वञ्चित भएका छन् । त्यसैले प्रदेशमा सांसद संख्या ५९ रहने भएको छ ।

प्रकाशित : माघ २२, २०७४ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?