२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

जनकराज सापकोटा

काठमाडौँ — दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको निलम्बन सिफारिस गृह मन्त्रालयले सदर गरेको छ । मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई भने यसअघि नै निलम्बन गरिसकिएको छ ।

दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

घटना सार्वजनिक भएलगत्तै प्रहरी परिसर काठमाडौंले निलम्बनका लागि महानगरीय प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । कार्यालयले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।


१८ माघमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । तर पत्र पुगेको पाँच दिन बितिसक्दा पनि गृहले निलम्बनको सिफारिस कार्यान्वयन नगरेपछि प्रहरी प्रधान कार्यालयले यसबारे बुझबुझारथ थालेको थियो ।


प्रहरी प्रवक्ता मनोज न्यौपानेले सोमबार गृह मन्त्रालयले निलम्बनको सिफारिस सदर गरेको बताए । निलम्बनसँगै इन्स्पेक्टर ठकुरी अब जिम्मेवारीविहीन भएको उनले बताए । ‘घटनाको अनुसन्धान नटुंगिएसम्म इन्स्पेक्टर ठकुरी जिम्मवारीविहीन हुनेछन्,’ प्रवक्ता न्यौपानेले भने, ‘अनुसन्धानको निष्कर्ष आएपछि मात्रै उनीमाथि थप कारबाहीको प्रक्रिया सुरु हुन्छ ।’


आरोपीहरू सम्पर्कविहीन

दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कार प्रकरणका आरोपी शैलेश कार्कीसहित चारैजना सम्पर्कविहीन भएका छन् । प्रहरीले शुक्रबारदेखि उनीहरूको खोजी तीव्र पारे पनि पक्राउ पर्न सकेका छैनन् । पीडित युवतीसँगको सहमतिपत्रमा हस्ताक्षर गर्ने शैलेशका बाबुआमा पनि सम्पर्कबाहिर छन् ।


प्रहरीले शनिबार मात्रै हेटौंडाबाट सन्देश बीसी र आवेश लामालाई पक्राउ गरेको थियो । घटनाको दिन बीसी र लामा दुवै जना ल्यान्डमार्क होटलमा बसेका र उनीहरू अर्का आरोपी विकास कार्कीको नजिकको साथी भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको दिन दीपक श्रेष्ठले होटलका पाँचवटा कोठा बुक गरेको देखिन्छ ।


प्रहरीका अनुसार पाँचमध्ये एउटामा बीसी र लामा बसेका थिए । पक्राउ गरेर काठमाडौं ल्याइएका दुई युवकलाई भने आफूले नचिनेको बयान पीडित युवतीले दिएकी छन् । घटनाको एउटा पक्ष सम्पर्कमा नआएका कारण अनुसन्धान अगाडि बढ्न नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २२, २०७४ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?