१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
समाचार

News

एक महिनामा एक सय फरार पक्राउ

विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ । 

एक महिनामा एक सय फरार पक्राउ

यिनै हुन् कांग्रेसबाट समानुपातिकतर्फ सांसद सिफारिस भएकाहरु

नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । 

यिनै हुन् कांग्रेसबाट समानुपातिकतर्फ सांसद सिफारिस भएकाहरु

प्रदेशमा कूटनीति हेर्न अधिकृत खटाइने

परराष्ट्र मन्त्रालयले सातै प्रदेशमा आफ्नो उपस्थिति गराउने भएको छ । परराष्ट्रले पाकिस्तानमा जस्तै हरेक प्रदेशमा प्रोटोकल अधिकृत (शाखा अधिकृत) खटाउने तयारी गरेको छ । सुरुमा सहसचिव र उपसचिव खटाउने विषय उठे पनि शाखा अधिकृत पठाउने तयारी गरिएको मन्त्रालय उच्च स्रोतले बतायो । छिमेकी भारतमा प्रदेश (राज्य सरकार) मा परराष्ट्र मन्त्रालयको उपस्थिति छैन ।

प्रदेशमा कूटनीति हेर्न अधिकृत खटाइने

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको छानविन तामेलीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालयको छानविन तामेलीमा राखेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अर्यालमाथिको अख्तियारले छानविन गरेको थियो ।

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको छानविन तामेलीमा

मुख्य मन्त्रीको नियुक्ति दुई दिनलाई सर्‍यो 

प्रदेश ५ मा आज तयारी गरिएको मुख्य मन्त्रीको नियुक्ति दुई दिनका लागि सरेको छ । प्रदशे ५ मा एमाले नेता शंकर पोखरेल मुख्य मन्त्री पक्का भइसकेको छ । उनी एमाले संसदीय दलका नेता छन् । 

मुख्य मन्त्रीको नियुक्ति दुई दिनलाई सर्‍यो 

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीकाे सपथ

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीकाे पदबहाली गरेकाे दिन नै उनले दुई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीकाे सपथ

प्रदेश २ः दोस्रो दिनको बैठकमा १६ सांसद अनुपस्थित

प्रदेश २ को प्रथम अधिवेशनको दोस्रो बैठकमा १६ जना सांसद अनुपस्थित भएका छन् । संघीय समाजवादी फोरमका विजयकुमार यादव, माओवादीका रामचन्द्र मण्डल सहित बैठकमा १६ जना सांसद सहभागी भएनन् ।

प्रदेश २ः दोस्रो दिनको बैठकमा १६ सांसद अनुपस्थित

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता !

नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको वान अन वान छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् । 

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता !

ललितपुरको लाबिम मलले कर तिरेन

ललितपुरको पुल्चोकमा रहेको व्यापारिक कम्प्लेक्स लाबिम मलले कर नतिरेको पाइएको छ । सोमबार ललितपुर महानगरपालिकाले लाबिम महलमा अनुगमन गर्दा मलका सञ्चालकले कर नतिरेको पाइएको हो । 

ललितपुरको लाबिम मलले कर तिरेन

४ नम्बर प्रदेशको मुख्य मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ

प्रदेश नं चारको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । सोमबार दिउँसो गुरुङले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर सहित दाबी पत्र पेश गरेका थिए ।

४ नम्बर प्रदेशको मुख्य मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ

वनमन्त्रीद्वारा चुरेमा राज्यमन्त्रीकै छोरी सदस्यमा ‘भर्ती’

सरकारबाट बाहिरिन लागेका वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा दुई जना सदस्य भर्ती गरेका छन् । 

वनमन्त्रीद्वारा चुरेमा राज्यमन्त्रीकै छोरी सदस्यमा ‘भर्ती’

भारतीय नागरिक सकुशल अपहरण मुक्त गराइए

प्रहरीले तीन जना भारतीय नागरिकलाई बेलबारी नगरपालिका-९ स्थित एक घरबाट सकुशल अपहरण मुक्त गराएका छन् । भारतको खगडीया जिल्लाको बेन्दोर पञ्चायतका अजय साह, उक्त ठाउँका अखिलेश कुमार साह र दिनबन्धु तिबारीलाई जिल्ला प्रहरी मोरङले अपहरण मुक्त गराएका हुन् ।

भारतीय नागरिक सकुशल अपहरण मुक्त गराइए

हिउँले सेताम्य हुम्ला

हुम्ला हिउँले सेताम्य भएको छ । मौसममा परिर्वतन भई गएरातिबाट हुम्लामा हिउँ परेको हो ।हिमपातले सिमकोट बजार क्षेत्र लगायत आसपासका गाउँबस्ती रुख सेताम्य भएका छन् ।

हिउँले सेताम्य हुम्ला

आमाको किरिया गर्दै पाँच छोरी

पछिल्लो दुई वर्षदेखि कान्छी छोरी शान्ता अर्यालसँगै बस्थिन् अर्घखाँचीकी उमाकला ज्ञवाली । पत्थरी र पक्षघातले तीन दिनदेखि खानपिन छोडेकी थिइन् । पाँच छोरीकी आमा र उमेरले ९२ पुगिसकेकी उनको मंगलबार निधन भयो । 

आमाको किरिया गर्दै पाँच छोरी

अनधिकृत प्लटिङले बस्ती जोखिममा

चापागाउँ सल्यान टोलका रमेश अधिकारीको घर सामुदायिक वन क्षेत्रमुनि भिरालो ठाउँमा पर्छ । उनको घरको बायाँपट्टि भिरालो जग्गा डोजर लगाएर सम्याइसकेको छ । अहिले घरमाथि भागमा जग्गा सम्याउन रुख कटान गरिसकेको छ । भिरालो ठाउँ त्यसमाथि बस्ती माथि जग्गा सम्माउँदा वर्षायाममा पहिरोले घर पुरिने र खानेपानी सुक्नेमा स्थानीयवासी चिन्तामा छन् ।

अनधिकृत प्लटिङले बस्ती जोखिममा

नागा साधुको सेवा सुरु

पशुपतिनाथमा महाशिवरात्रिमा आएका साधुमध्ये आइतबारबाट नागा साधुको सेवा सुरु भएको छ । एकादशी बिहान आफ्ना कपडा खोलेर झन्डै ५ सय नागा बाबा पशुपति क्षेत्रभित्र प्रवेश गरेका छन् । गुठी संस्थानले एकादशीबाट नागा साधुको र द्वादशीदेखि अन्य साधुको सेवा गर्ने परम्परा छ ।

नागा साधुको सेवा सुरु

सात वर्षीया बालिका बलात्कृत

सुनसरीको बराह नगरपालिका–१ खहरे बस्ने सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १५ वर्षीय छिमेकी किशोर खेमराज परियारले जबर्जस्ती बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।

सात वर्षीया बालिका बलात्कृत

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले सोमबार बिहान शपथ लिएका छन् । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन् । अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ । 

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

पौडेल पहिलो मुख्यमन्त्री

प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन् । अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ ।

पौडेल पहिलो मुख्यमन्त्री

प्रधानन्यायाधीशका नागरिकतामै ३ जन्ममिति

प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयमा कम्तीमा दुई पटक जन्ममिति फेरबदल गरेको र तीन पटक प्रतिलिपि निकालेको तथ्य कान्तिपुरले फेला पारेको छ ।

प्रधानन्यायाधीशका नागरिकतामै ३ जन्ममिति

समानुपातिक सांसद सूची: कांग्रेस र माओवादीले आज बुझाउने

कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरूले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसदको सूची निर्वाचन आयोगमा सोमबार बुझाउने तयारी गरेका छन् । जितेका सिटमा समूह मिलाउने प्राविधिक तयारीले आइतबार बुझाउन नभ्याइएको ती दलले जनाएका छन् ।

समानुपातिक सांसद सूची: कांग्रेस र माओवादीले आज बुझाउने

तयार भए संघीय संसद् कक्ष

संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको तयारी पूरा भएको जनाएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनका बैठक कक्षको तयारी पूरा भएको संसद् सचिवालयका सहसचिव भरतराज गौतमले बताए ।

तयार भए संघीय संसद् कक्ष

शिवपुरीका ३ सय घर स्थानान्तरण गरिँदै

शिवपुरी–नागार्जुन निकुञ्जको उत्तरपूर्वमा रहेका चारवटा बस्तीका ३ सयभन्दा बढी घर गोकर्णेश्वर नगरपालिकामा स्थानान्तरण गरिने भएको छ । निकुञ्जले मूलखर्क, ओख्रेनी, चिलाउने र कुने गाउँलाई गोकर्णेश्वर नगरपालिका–३ को नयाँपाटी र सुन्दरीजल क्षेत्रमा स्थान्तरण गर्ने प्रस्ताव वन मन्त्रालयमा पेस गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले ‘बस्तीको स्थानान्तरणसम्बन्धी प्रस्ताव’ राष्ट्रिय निकुञ्ज विभागमा पेस गरेका हुन् । प्रस्ताव विभाग हुँदै मन्त्रालय पुगेको छ । 

शिवपुरीका ३ सय घर स्थानान्तरण गरिँदै

भारतीय सेना प्रमुख आज आउँदै

भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । नेपाल एकीकरणको २ सय ५० औं वर्षगाँठ मनाउने क्रममा मंगलबार गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रूपमा भारतीय सेनाध्यक्ष सहभागी हुनेछन् ।

भारतीय सेना प्रमुख आज आउँदै

न्यानो खोज्दा अपांगता

इच्छाकामना गाउँपालिका १ थाप्राङका विष्णु चेपाङलाई सधैं एउटै चिन्ता छ– अपांगता भएका छोरा गौखुट्टेलाई कसरी हुर्काउने । जन्मिएको २० दिन हुँदा अँगेनामा परेका थिए उनी । लगाउने न्यानो लुगा थिएन न त ओढ्ने–ओछ्याउने ।

न्यानो खोज्दा अपांगता

विकास निर्माणमा अवरोध - दुई आयोजनामा विस्फोट

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । आयोजनाको बाँधस्थल दैलेखको डाब र वीरेन्द्रनगर खजुरास्थित कार्यालयमा शनिबार राति एकै समयमा विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटबाट पर्खाल र सुरक्षा चेकपोस्ट भत्केका छन् ।

विकास निर्माणमा अवरोध - दुई आयोजनामा विस्फोट

‘कांग्रेस नयाँ सरकारको प्रतीक्षामा’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकारलाई स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन् । दमौलीमा आइतबार जिल्ला सभाहल शिलान्यासपछि उनले यस्तो बताएका हुन् ।

‘कांग्रेस नयाँ सरकारको प्रतीक्षामा’

गाउँपालिका केन्द्रमा चहलपहल

दुहु गाउँपालिकाको केन्द्र हिकिलामा सडक पुगेपछि स्थानीय रामसिंह कार्की ठूलै लगानीमा घर निर्माण गरिरहेका छन् । दार्चुला–तिंकर सडक गाउँ छिचोल्दै अघि बढेपछि उनी जस्ता धेरै स्थानीय आधुनिक घर निर्माण गरेर व्यापार, व्यवसाय गर्ने योजना बुनिरहेका छन् ।

गाउँपालिका केन्द्रमा चहलपहल

दुर्घटनामा दुईको मृत्यु

आइतबार छुट्टाछुट्टै स्थानमा भएका ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका १ बाट उखु लिएर रामनगरस्थित एभरेस्ट चिनी मिल जाँदै गरेको ज१त ३७१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सर्लाही चन्द्रनगर ३ का २५ वर्षीय चालक पुनित महतोको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दुईको मृत्यु