कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुर्घटनामा दुईको मृत्यु

महोत्तरी — आइतबार छुट्टाछुट्टै स्थानमा भएका ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 
गौशाला नगरपालिका १ बाट उखु लिएर रामनगरस्थित एभरेस्ट चिनी मिल जाँदै गरेको ज१त ३७१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सर्लाही चन्द्रनगर ३ का २५ वर्षीय चालक पुनित महतोको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, लोहरपट्टी ४ महदैयाका विश्वेश्वरप्रसाद साहको ज१त ७६७० नम्बरको ट्रयाक्टरले ठक्कर दिंदा भारत उत्तर प्रदेशका ननो महमदका २ वर्षीय छोरा कासिमको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बालकको उपचारका क्रममा जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।


प्रकाशित : माघ २९, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?