कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कांग्रेस नयाँ सरकारको प्रतीक्षामा’

दमौली — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकारलाई स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन् । दमौलीमा आइतबार जिल्ला सभाहल शिलान्यासपछि उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले निर्वाचनका सबै प्रक्रिया सकिएर प्रतिनिधिसभा बन्नेबित्तिकै छिटो नयाँ सरकार गठन पक्रिया अघि बढाउनुपर्ने बताए । ‘कांग्रेस नयाँ सरकारको प्रतीक्षामा छ, छिट्टै नयाँ सरकार गठन हुनुपर्छ,’ उनले भने, ‘आफ्नो जिम्मेवारी पूरा गरेर कांग्रेसले सत्ता छाड्छ ।’ सरकार गठनमा ढिलाइ भए त्यसमा वाम गठबन्धनको दोष हुने उनको भनाइ थियो ।

प्रकाशित : माघ २९, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?