कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तयार भए संघीय संसद् कक्ष

फागुन १० भित्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्न सक्ने गरी तयारी अघि बढाएका छौं : सचिवालय

काठमाडौँ — संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको तयारी पूरा भएको जनाएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनका बैठक कक्षको तयारी पूरा भएको संसद् सचिवालयका सहसचिव भरतराज गौतमले बताए ।

तयार भए संघीय संसद् कक्ष

निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभाको नतिजा राष्ट्रपतिलाई बुझाइसकेको छ । प्रतिनिधिसभाको अन्तिम परिणाम फागुन २ सम्म बुझाउने तयारी आयोगको छ । सचिवालयले फागुन १० भित्रै बैठक बस्न सक्ने गरी तयारी अघि बढाएको हो । ‘अन्तिम नतिजा प्रकाशन भएपछि जुनसुकै बेला बैठक बस्ने गरी तयारी अघि बढाइएको छ,’ गौतमले भने, ‘अब केही प्राविधिक कामबाहेक सबै व्यवस्थापन भइसकेको छ ।’


राष्ट्रिय सभाको बैठकका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकै नुत्से हल प्रयोगमा ल्याइनेछ । उक्त हलमा २ सय १० जना अट्ने क्षमता छ । जसमा सांसदका लागि ८० सिट छुट्याइएको छ । राष्ट्रिय सभामा कुल ५९ सांसद हुनेछन् । तर, मन्त्रीहरूका लागि पनि सिट व्यवस्थापन गर्नुपरेकाले ८० सिट राखिएको हो ।


बैठक हलका दुई ठाउँमा सिसाको अग्लो बार राखिएका छन् । अघिल्लो पंक्तिमा सांसद रहनेछन् । दोस्रो पंक्तिमा विशिष्ट व्यक्ति र सचिवालयका कर्मचारीका लागि व्यवस्थापन गरिएको छ । अन्तिम पंक्तिमा सञ्चारकर्मी र सर्वसाधारणका लागि छुट्याइएको छ । हलको रंगरोगन र सिट व्यवस्थापनको काम सकिएको छ ।


अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका इलेक्ट्रोनिक इन्जिनियर जीवनप्रसाद अधिकारीका अनुसार अब माइकिङ र साउन्ड सिस्टमको काम मात्रै बाँकी छ । संसदीय अभ्यासको अन्तर्राष्ट्रिय प्रचलनअनुसार राष्ट्रिय सभामा रातो कार्पेट र रातै कुर्सी राखिएका छन् भने प्रतिनिधिसभामा नीलो रङका कुर्सी तथा नीलै कार्पेट राखिएका छन् ।


यो अभ्यास सचिवालयले ७ वटै प्रदेशको हकमा समेत प्रयोगमा ल्याएको छ । प्रतिनिधिसभामा यसअघि रहेकै कुर्सीलाई नीलो रङको कभर हालेर सजाइएको छ । रातो कार्पेटको साटो नीलो कार्पेट बिछ्याइएको छ । प्रतिनिधिसभा सांसदका लागि २ सय ७५ र राष्ट्रिय सभाका लागि ५९ समेत गरी ३ सय ३४ सिटको व्यवस्थापन भइसकेको छ ।


संयुक्त बैठकका लागि राष्ट्रिय सभाका सांसद जाने भएकाले उनीहरूका लागि पछिल्लो रोहमा सिट व्यवस्था गरिएको हो । यसअघि सांसद बस्ने दायाँबायाँका कुर्सी पहेँलो रङमा छाडिएका छन् । तीमध्ये कुनै एक साइट विशिष्ट व्यक्ति र सचिवालयका कर्मचारीका लागि प्रयोगमा ल्याइनेछ ।

प्रकाशित : माघ २९, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?