कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सात वर्षीया बालिका बलात्कृत

धरान — सुनसरीको बराह नगरपालिका–१ खहरे बस्ने सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय १५ वर्षीय छिमेकी किशोर खेमराज परियारले जबर्जस्ती बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन् ।

गत शनिबार साँझ पाँच बजे घर नजिकैको एकान्त स्थलमा फकाएर लगेपछि लुगा खोलेर ‘नराम्रो काम’ गरेको बयान बालिकाले दिएको बराह नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा प्रमुख सई चक्रमणी थापाले बताए ।


उनका अनुसार बालिकाको गोप्य अंग सुन्निएको छ । घटना पछि पिडा सहन नसकेर बालिकाले घरका सदस्यहरुलाई सुनाएपछि सोमबार बिहान बालिकाका बुबाले प्रहरीलाई जाहेरी दिएका थिए ।


पक्राउ परेका परियाले आफूले बलात्कार नगरेको दाबी गरिरहेका छन् । उनी स्कूल छाडेका किशोर हुन् । जाहेरी दिए लगतै साधा पोशाकमा खटिएका प्रहरीले खहरेस्थित घरबाट परियारलाई पक्राउ गरी हिरासतमा लिएको र थप कारवाहीकालागि इलाका प्रहरी कार्याललय महेन्द्रनगर चक्रघट्टी पठाएको सई थापाले बताए । आरोप प्रमाणित भएमा परियारलाई सुधार गृह पठाउन सकिने बताए ।


प्रकाशित : माघ २९, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?