२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिउँले सेताम्य हुम्ला

राजबहादुर शाही

मुगु — हुम्ला हिउँले सेताम्य भएको छ । मौसममा परिर्वतन भई गएरातिबाट हुम्लामा हिउँ परेको हो ।हिमपातले सिमकोट बजार क्षेत्र लगायत आसपासका गाउँबस्ती रुख सेताम्य भएका छन् ।

हिउँले सेताम्य हुम्ला

हिमपातले गर्दा जाडो बढेपछि जनजीवन उत्तिकै प्रभावित बनेको छ ।


गएरातिबाट सिमकोट बजारमा करिव दुई फिटभन्दा बढी हिउँ जमेको र अझै हिउँ पर्ने क्रम जारी रहेको सिमकोट गाउँका राजन रावतले जानकारी गराए ।


हुम्लाको उत्तरी तिब्बत सिमा क्षेत्रसंग जोडिएका बस्ती यारी, लिम, बुचु लगायत बस्तीमा भारी हिमपात भएको छ । हिमपातले तिब्बती हिल्सा नाका अवरुद्ध बनेको छ ।

हिमपातका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ । गाउँबस्तीबाट सिमकोट बजार आउजाउ गर्न स्थानीयलाई असहज भएको छ । यो बर्ष हुम्लामा तीन पटक हिउँ परिसकेको छ ।

हिमपातले जनजीवन प्रभावित बनेपनि बाली, फलफुल तथा जडिबुटी सप्रिने आशाले किसान भने निकै खुशी भएका छन् । हिमपात भएपछि सुबिकाल हुने स्थानीयको भनाई छ ।


मुगुमा भने गएरातिबाट उच्च हिमाली बस्तीमा हल्का हिमपात भएको र औलबस्तीमा झरी परेको छ । खडेरीले काकुल भएका किसान झरीले खुशी भएका छन् ।


प्रकाशित : माघ २९, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?