कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनमन्त्रीद्वारा चुरेमा राज्यमन्त्रीकै छोरी सदस्यमा ‘भर्ती’

बाहिरिन लागेका वनमन्त्रीद्वारा २ जना नियुक्त 

काठमाडौँ — सरकारबाट बाहिरिन लागेका वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा दुई जना सदस्य भर्ती गरेका छन् । 

वनमन्त्रीद्वारा चुरेमा राज्यमन्त्रीकै छोरी सदस्यमा ‘भर्ती’

पछिल्लो मन्त्रीपरिषद्ले सहायकमन्त्री सरहको चुरे बोर्ड सदस्यमा वनका पूर्व सहसचिव बाबुराम भण्डारी र रेखा शर्मालाई नियुक्त गरेको हो । स्रोतका अनुसार शर्मा वन राज्यमन्त्री कमलादेवी शर्माकी छोरी हुन् भने भण्डारी मन्त्रीकै गृहनगर भरतपुरका हुन् ।


मन्त्रीपरिषद्बाट सदस्यको निर्णय भएलगत्तै मन्त्री पाण्डेले राज्यमन्त्रीलाई ‘ल बधाई छ भन्दै’ फोन गरेको राज्यमन्त्री निकटस्रोतले कान्तिपुरलाई बतायो । उनीहरुको कार्यकाल पाँच वर्षको हुने चुरे गठनादेशमा छ ।


चुरेको गठनादेशमा बढीमा अध्यक्षबाहेक चार जना सदस्यको व्यवस्था भए पनि पाण्डेले नियम बदलेर थप दुई जनालाई सदस्य भर्ती गरेका हुन् । गठनादेश स्विृकत गराउन भण्डारी आफैं महिनौंदेखि लागि परेका थिए । वनका अधिकारीहरु शंकर भण्डारी वनमन्त्री हुँदादेखिको भण्डारीको दौडधौप बल्ल सफल भएको चर्चा गर्न थालेका छन् । यसअघि तत्कालिन वनमन्त्री भण्डारीले पनि पुराना नेता खुमबहादुर खड्काको सिफारिसमा दाङका मोतिलाल रिजाललाई नियुक्त गरेका थिए ।


भण्डारीअघिका वनमन्त्री अग्निप्रसाद सापकोटाले तीन जना क्रमश: विदुर भारती, दीपा प्रधान र रामदयाल यादबलाई नियुक्त गरेका थिए ।



प्रकाशित : माघ २९, २०७४ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?